ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन सय बिघा जग्गा भारतीयको कब्जामा


एबीसी न्यूज



काठमाडौँ, १४ जेठ ।  कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने उक्त जग्गा भारतीय नागरिकलाई केहीले लिज र केहीले आधा उब्जनी दिने सर्तमा ३५ वर्ष पहिले दिएका हुन् ।

पर्ती जग्गा भए पनि साविकको धनसिंहपुर गाविसका करीब ५० जना व्यक्तिले आफ्नो जग्गा भएको दाबी गर्दै आएका छन् । उनीहरुले २०२६ सालबाट भोगचलन गरेको जग्गा सुरक्षाका कारण भारतीय नागरिकलाई लिज र आधा उब्जनी पाउने सर्तमा दिएका हुन् । “२०४० साल अघिसम्म लिजको रकम र आधा उब्जनी दिए, ०४० सालपछि केहीले मात्र दिने गरेका छन्”, जग्गाधनी दाने साउदले भन्नुभयो, “नदीले कटान गरेर जग्गा पुल पारी गएपछि जग्गा भोगचलन गर्न गाह्रो भयो ।” खेती गरे पनि भारतीयले नोक्सान गर्न थालेपछि थाकेर भारतीयलाई खेती गर्न दिनु परेको साउँदको गुनासो छ ।

यहाँ चारदेखि २० बिघासम्मका जग्गाधनी छन् । सुरक्षा नभएपछि त्यस क्षेत्रका जग्गाधनी अन्यत्र सर्न बाध्य भएका छन् । जग्गा भारतीयले कब्जा गरेपछि कतिपय भारत गएर जीवन निर्वाहमा लागेका स्थानीयवासीको भनाइ छ । “मेरो १५ बिघा जग्गा भारतीय नागरिकलाई २०६२ सालमा आधा उब्जनी दिने सर्तमा खेती गर्न दिए, २०७० सालसम्म भनेअनुसार बाली दियो, पाँच वर्षदेखि केही पाएको छैन”, जग्गाधनी कृष्णप्रसाद ढुङ्गानाले भन्नुभयो, “बाली माग्न गयो धमक्याउँछ ।” जग्गा पाऊँ भनेर इलाका प्रशासन र इलाका प्रहरी कार्यालय टीकापुरमा दुई वर्षअघि उजुरी दिएको उहाँले बताउनुभयो ।

“गाविसले जग्गा प्रमाणित सिफारिश दिएको छ लाजपुर्जा नहुँदा न्याय पाउन सकेनौँ”, उहाँले भन्नुभयो । सरकारी पक्ष जिम्मेवार नहँुदा नेपाली भूमि भारतीयले कब्जा गरेको स्थानीयवासीको भनाइ छ । “सरकार नै जग्गा सुरक्षाका बारेमा मौन बसेपछि जनताले के गर्ने ?”, स्थानीय शेरबहादुर साउँदले भन्नुभयो, “सरकारले नापी गराएर जग्गा दिने प्रयास नै गरेन ।” यतिखेर त्यहाँ दुई वटा भारतीय बस्ती बसेका छन् । त्यो क्षेत्र जङ्गल क्षेत्र हो । अहिले त्यहाँ वन नभएर बस्ती मात्र छ । वन फाँडेर धनसिंहपुर बस्ती बसेको हो । स्थानीय तह समायोजनपछि अहिले टीकापुर नगरपालिकाभित्र पर्दछ ।

स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि एक वर्षअघि नेपाली भूमिमा बसेको भारतीय बस्तीलाई खाली गराउन टीकापुर नगरपालिका–९ ले सार्वजनिक सूचना जारी ग¥यो तर खाली गर्न सकेन । स्थानीय तहले सक्रियता नदेखाउँदा भारतीय पक्षको मनोबल बढेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com