
बुटवल, १२ जेठ /
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताउनु भएको छ ।
जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा कानुनी मर्यादा र अभिारालाई नभुल्ने स्पष्ट पार्नुभयो । उहांले जनताको जगबाट खारिंदै आएको बिष्णु पौडेल जनमतलाई सधैं सम्मान गर्दै आगाडी बढने बताउंदै प्रयोजित प्रचारबाट बिचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
बालुवाटार जग्गा प्रकरण पछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुग्नुभएका पौडेलले आजै बर्षौ देखि लालपुर्जा बिहिन भएर बसोबार गरिरहेका सैनामैनाका २ हजार बढी स्थानीयबासीलाई लालपुर्जा बांडने कार्यक्रम रहेको नेकपा रुपन्देहीका सदस्य तेजेन्द्र केसीले जानकारी दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्