ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को आर्थिक विकास उत्साह जनक


एबीसी न्यूज
जेष्ठ ६, २०७६ सोमबार  ७ : ५६ बजे


काठमाडौं, ६ जेठ । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५/७६ आर्थिक विकासका हिसाबले उत्साह जनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको अन्त्यपछि प्रदेशको अर्थतन्त्र चालू आवमा सकारात्मक दिशातर्फ बढेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले प्रदेश नं ५ ले चालू आवमा ७ दशमलव ३७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने जनाएको छ । प्रदेशमा चालू आवको ६ देखि नौ महीनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा तयार गरिएको तथ्याङ्कअनुसार कूल गार्हस्थ्य उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ७ दशमलव ३७ प्रतिशत हुने विभागको प्रारम्भिक अनुमान रहेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो । समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीयक र सेवा क्षेत्र गरी तथ्याङ्क विश्लेषण गर्दा विगत दुई वर्षमा प्राथमिक क्षेत्रको कूल गार्हस्थ्यमा योगदान केही घट्न गए पनि द्वितीयक र सेवा क्षेत्रको योगदान बढेको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रदेशमा चालू आवकोे कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र अर्थात् कृषि तथा वन, मत्स्य, खानी तथा उत्खनन क्षेत्रले ३१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ६ दशमलव ३ प्रतिशत हुने अनुमान छ । यस्तै द्वितीयक क्षेत्रअन्तर्गत निर्माण, उद्योग, विद्युत्, ग्यास र पानीको १८ प्रतिशत योगदान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि दर ८ दशमलव १ प्रतिशत हुने अनुमान गरिएको छ । सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेण्ट, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रको ५२ प्रतिशत योगदान रहेको अनुमान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ७ दशमलव ७ प्रतिशत हुने अनुमान छ ।

औद्योगिक वर्गीकरणअनुसार चालू आवमा कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले ३१ प्रतिशत तथा गैरकृषि क्षेत्रले ६९ प्रतिशत योगदान दिएको विभागले जनाएको छ । आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि तथा वन क्षेत्रले ३० दशमलव १८ प्रतिशत योगदान दिएको छ । यस क्षेत्रको मूल्य अभिवृृद्धि वार्षिक वृद्धिदर ६ दशमलव २८ प्रतिशत रहने विभागको अनुमान छ । प्रमुख बाली धान, गहुँ, मकैलगायतको उत्पादनमा वृद्धि भएकाले वार्षिक वृद्धिदर बढेको हो । यस प्रदेशमा चालू आवमा आधिकांश कृषि क्षेत्रको उत्पादन बढ्ने अनुमान गरिएको छ । मत्स्यपालन क्षेत्रले ० दशमलव ७५ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रको ० दशमलव ६९, उद्योग क्षेत्रले ६ दशमलव ४६, विद्युत्, ग्यास र पानीले ० दशमलव ७४, निर्माण क्षेत्रले ९ दशमलव ६८, थोक तथा खुद्रा व्यापार क्षेत्रले १० दशमलव ३९, होटल तथा रेष्टुरेण्ट क्षेत्रले १ दशमलव ७३ तथा यातायात, सञ्चार र भण्डारण क्षेत्रले ७ दशमलव ०५ प्रतिशत योगदान दिएको विभागले जनाएको छ ।

वित्तीय मध्यस्थताअन्तर्गतका बैंक तथा बीमा कम्पनी, सामाजिक सुरक्षा योगदान क्षेत्रले ४ दशमलव ४४, रियल स्टेट तथा व्यावसायिक सेवा क्षेत्रले ६ दशमलव ८४, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले चालू आवको कूल गार्हस्थ्य उत्पादनमा ३ दशमलव २३, शिक्षा क्षेत्रको ८ दशमलव ८४, स्वास्थ्य क्षेत्रको २ दशमलव ४३ तथा अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रले ६ दशमलव ५५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका अधिकृत अवधेशकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले कृषि, उद्योग र पर्यटनका हिसाबले प्रदेश अगाडि रहेकाले आर्थिक वृद्धिदर अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । “प्रदेशमा नदीजन्य पदार्थको उत्खनन र निकासी तथा ठूला होटल खुल्ने क्रम बढ्दो छ । त्यसैले सेवा र खानी तथा उत्खनन क्षेत्रको योगदान बढी हुनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com