ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी बजेटपछि देश विकासको तिव्र गति बढ्ने–प्रधानमन्त्री ओली


एबीसी न्यूज
जेष्ठ ६, २०७६ सोमबार  ७ : ०२ बजे


काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्ष मलुकको विकासमा देखिनेगरी परिवर्तन आउने बताउनुभएको छ ।


धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्षको बजेट पछि जनताले अनुभूत गर्नेगरी विकासको लहर आउने बताउनुभएको हो । जेठ १५ गते पछि देश विकासको गति दुई गियरबाट तीन चारमा पुग्ने उहांले दाबी गर्नुभयो ।


प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेपछि विरोधीबाट जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न भैरहेको समेत बताउनुभयो । सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाउंदै गणतन्त्र ल्याउन भूमिका नभएकाले अहिले आफुहरुलाई लोकतन्त्रको पाठ पढाइरहेको टिप्पणी गर्नुभयो ।


मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पांचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताउनुभयो । ओलीले सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको धारणा राख्नुभयो । ओलीले सरकारले विकास, शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको दाबी गर्नुभयो । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको भन्दै उहांले केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टिनको छानोमा बास ः नेकपा सांसद, विक भिडियो

२०८२ एमालेका लागि दुखदः एमाले सांसद हमाल , भिडियो

सम्बन्धित

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख लगानी, कहाँ कति ?

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्व चयनःअध्यक्षमा टि.आर. भण्डारी निर्विरोध निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com