ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनरत् नर्स र अस्पतालबीच सहमति, अनशन तोडियो


एबीसी न्यूज


काठमाडौं, ६ जेठ ।  भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आज राति १० बुँदे सहमति भएको छ । सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स जिता बरालले अनशन तोडेका छन् ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत् नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेको नेतृत्वमा नेपाल नर्सिङ सङ्घकी अध्यक्ष तारा पोखरेल र नेपाल शेर्पा महिला सङ्घकी अध्यक्ष ङिमी शेर्पाको रोहवरमा सहमति भएको हो । सहमतिमा केन्द्रमा करारमा रहेको स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट नियमावलीको आधारमा शुरुमा प्राविधिक तर्फका पदको विज्ञापन गरि परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन एवं परीक्षा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने सहमति भएको छ । त्यस्तै यस केन्द्रका लागि आईसियू तथा यूरोलोजी विभाग लोकसेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने, त्यसपछि कार्डियोलोजी, हेपाटोलोजी विभागको स्थापना गर्ने, परीक्षा सञ्चालन गर्दा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको उमेर वा अरु कुनै कारणले नियुक्ति नपाएमा खाइपाइ आएको करार नियुक्तिलाई निरन्तरता दिने सहमति भएको छ ।

नेपाल सरकारको स्वास्थ्य ऐन तथा श्रम ऐनसँग बाझिएका यस केन्द्रका नियमावलीलाई परिमार्जन एवं संशोधन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारी सहभागी कार्यदल गठन गरि संशोधनका लागि केन्द्रको बोर्ड बैठकमा पेश गर्ने सहमति भएको छ । लोकसेवाको मौखिक अन्तवार्ताको निष्पक्षताका लागि लोकसेवा आयोगबाटै अन्तवार्ताका लागि आह्वान गर्ने, परीक्षा आगामी कात्तिक महीनाको तिहारपछि सञ्चालन गर्न केन्द्रसमेतले सम्बन्धित निकायलाई अपिल गर्ने, केन्द्रमा तत्काल नर्सिङ डाइरेक्टर करारमा नियुक्ति गरी स्थायी प्रक्रिया अगाडि बढाउने, केन्द्रको भौतिक विकास तथा सेवा सुविधा साथै स्तर उन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ ।

अनशन र आन्दोलनका क्रममा घाइते तथा बिरामी स्वास्थ्यकर्मी तथा कर्मचारीको निःशुल्क उपचार गर्ने र गिरफ्तार भएकाको तत्काल रिहाइ गरी मुद्दा फिर्ता लिने सहमति भएको छ । अस्पताल प्रशासनले आज राति नै विज्ञप्ति सार्वजनिक गरि आन्दोलनरत् पक्षसँग सहमति भएकाले तत्काल सेवामा फर्कन र बिरामीको उपचारमा निरन्तर लाग्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com