ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेढ करोड महसुल उठ्न बाँकी


एबीसी न्यूज
बैशाख ३१, २०७६ मंगलबार  १२ : २८ बजे


काठमाडौं, ३१ बैशाख । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ ।

सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको रु छ लाख १९ हजार ५०४ विद्युत् महसुल बाँकी रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र लमहीको रु एक लाख ७५ हजार ७२४, मनकामना एग्रिगेट बालुवा उद्योगको रु एक लाख चार हजार, चिरण राइस मिल (पाण्डे राइस आयल मिल) को रु चार लाख ७८ हजार ७४६, खानेपानी योजनाको रु एक लाख ६७ हजार, खड्का सःमिलको रु एक लाख ६७ हजार १५०, लमही नगर विकास समितिको रु ५१ हजार महसुल बाँकी छ । बगिया खानेपानी भैसहवाको रु एक लाख ९७ हजार, छम्पाली आयल मिलको रु एक लाख नौ हजार, दाङ भ्याली ह्युमपाइप सुन्डबरीको रु ६४ हजार, नर्ति रेञ्जपोष्टको रु ५३ हजार, राप्ती उद्यम प्रालिको रु तीन लाख १५ हजार, भन्सार कार्यालयको रु ५७ हजार, हमाल राइस तथा आयल मिलको रु ६३ हजार, शिवशक्ति कृषक सहकारी संस्थाको एक लाख १२ हजार, गोराराम बोहोराले रु तीन लाख ६४ हजार विद्युत् महसुल बुझाउन बाँकी रहेको देखिन्छ ।

विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रका प्रमुख नन्दलाल शर्माका अनुसार धेरैजसो सरकारी कार्यालय र उद्योगको महसुल बाँकी छ । उहाँले महसुल नबुझाएका ग्राहकको तत्काल विद्युत् लाइन काटिने बताउनुभयो । मिटर जाँच भएको ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने प्रावधान रहे पनि उपवितरण केन्द्र लमहीले २२ महीनासम्म पनि महसुल नबुझाएका ग्राहकको विद्युत् लाइन काट्न भने सकेको छैन । महसुल नबुझाएको ३१औँ दिनदेखि नै जरिवाना लाग्ने भए पनि अटेरी स्वभावले गर्दा वर्षौ दिनसम्म विद्युत् महसुल नबुझाउनेको सङ्ख्या धेरै रहेको कार्यालयले जनाएको छ । त्यसो त घरायसी प्रयोगका मिटरबाट समयमै महसुल बुझाउने गरेको कार्यालयको भनाइ छ ।

कार्यालयले अनलाइनमार्फत् पनि भुक्तानी लिने गरेको छ । अनलाइन प्रणाली लागू भएदेखि अहिलेसम्म २६ हजार ग्राहकबाट करीब रु एक करोड २० लाख भुक्तानी लिइसकेको प्रमुख शर्माले बताउनुभयो । इ–सेवा, पे–पोइन्ट, महालक्ष्मी बैंक, नबिल बैंक, हिमालय बैंक, प्रभु बैंक, आइएमई–पे, सिएफएस, सिटी एक्सप्रेस र एनइए क्यावमार्फत् विद्युत् महसुल बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com