
काठमाडौं, ३१ बैशाख । पूर्व नयाँ शक्ति पार्टीका दुई दर्जन युवा विद्यार्थी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नयाँ शक्ति विद्यार्थी नेता रबिन खड्कासहित अन्य बिधार्थी नेताहरु नेकपामा प्रबेश गर्नुभएको छ ।
गोरखा सहिद लखन गाउपालिकाका युवाहरुलाई सोमवार नेकपाका अधक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा एक कार्यक्रमका बीच पार्टी प्रबेश गराउनु भएको हो
त्यस अबसरमा नेता नारायण काजी श्रेष्ठ, हरिराज अधिकारी लागयत नेताहरुले समेत उनीहरुलाई स्वागत गनुभएको थियो । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्ला भन्दा झन् स्खलित हुँदै गएकोले पार्टी परित्यागको घोषणा गरेको उनीहरूले बताएका छन् ।
उक्त पार्टी र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण भएसँगै जिल्लाका नयाँशक्ति पार्टीमा आबद्ध युवाले असन्तुष्टि जनाएर नेकपामा प्रवेश गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्