ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सावधान ! अस्पताल परिसरमा सुर्तीजन्य पदार्थ प्रयोग त गर्दै हुनुहुन्न ?


एबीसी न्यूज


काठमाडौं,२८ बैशाख । के तपाईं काठमाडौँका अस्पतालभित्र या अस्पताल बाहिर सुर्तीजन्य पदार्थको प्रयोग वा बेचबिखन त गरिरहनु भएको छैन ? सावधान ! यदि यस्तो हो भने अब भने तपाई प्रहरीको फन्दामा पर्नुहुनेछ । ऐनमा भएको व्यवस्थाअनुसार काठमाडौँको ठूला ११ सरकारी अस्पतालमा आजदेखि सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा रोक लगाइएको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरे पनि व्यावहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला ११ अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गरिएको हो । आज निजामती कर्मचारी अस्पतालबाट उक्त कार्यक्रम शुभारम्भ गरिएको परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा केन्द्रीय अस्पताल वीरसहित महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र, नेपाल आयुर्वेद अस्पताल र तिलगङ्गा आँखा अस्पताल र कीर्तिपुर अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको हो ।

अस्पतालको १०० मिटरसम्मै सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नसमेत नपाइने प्रहरीले जनाएको छ । धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्छ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिकहितको अभिवृद्धि गर्न विसं २०६८ मा सरकारले ऐन ल्याएको थियो । धूमपान वा सुर्ती सेवन गरे तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटक पटक धूमपान वा सुर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा रु १०० जरिवाना वा दुवै सजायको व्यवस्था छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गर्न लागिएको जानकारी दिँदै सुवेदीले पहिलो चरणमा प्रचारप्रसार गर्ने र अटेर गरे कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।

अस्पतालमा लागू भए पनि अन्य क्षेत्रमा समेत क्रमैसँग अभियान चलाइनेछ । सार्वजनिक स्थान, सरकारी कार्यालय, अस्पताल उद्योग, कलकारखाना, शिक्षण सङ्घसंस्था, विमानस्थल, होटल, सिनेमा घरलगायत क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन । अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्रसमेत धूमपान गर्न नहुने ऐनमा उल्लेख छ । प्रयोगकर्तालाई मात्रै नभई समाजलाई नै असर पार्ने भएकाले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ऐन कार्यान्वयनका लागि अभियान नै सञ्चालन गर्न लागिएको परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

ऐन कार्यान्वयनका लागि अस्पताल, समुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था, सञ्चारमाध्याम, नागरिक समूहसँग समन्वय गरी हरके अस्पतालमा एक समिति बनाइएको छ । पहिलो चरणमा प्रचारप्रसारलाई तीब्रता दिने, सूचना टाँस गर्ने, अस्पताल नजिक रहेका होटलमा सुर्तीजन्य पदार्थ हटाउन लगाउने र त्यसपछि पनि बिक्री वितरण र प्रयोग गरेको पाइएमा कारवाहीको प्रक्रिया अगाडि बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com