ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छात्रवृत्तिको परीक्षामा आठ सय विद्यार्थी सहभागी


admin

काठमाडौं,२८ बैशाख । नयाँ व्यवस्था अनुसार देशभरमै पहिलो पटक मध्यपुरथिमि नगरपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गरेको छ ।

स्थानीय सरकारको मातहतमा प्रदान गरिने छात्रवृत्ति वितरणका लागि नगरपालिकाले आज कौशल्टारस्थित जनप्रेमी माध्यामिक विद्यालयमा छात्रवृत्तिको परीक्षा सञ्चालन गरेको हो ।

नगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका संयोजक मदनसुन्दर श्रेष्ठले छात्रवृत्तिलाई पारदर्शी रुपमा वितरण गर्ने लक्ष्यले पाँच प्रतिशत विद्यालय आफैले र पाँच प्रतिशत नगरपालिकाले छनोट गरेको विद्यार्थीलाई छात्रवृत्ति दिइनुपर्ने संस्थागत विद्यालयसँग भएको सहमतिअनुसार परीक्षा सञ्चालन गरेको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “संस्थागत विद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिमध्ये पाँच प्रतिशत छात्रवृत्ति नगरपालिकाले छनोट गर्ने सहमति भएअनुसार परीक्षा सञ्चालन गरेका हांै, अब हाम्रा विद्यार्थीलाई नभइ आवश्यक पर्ने विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।”

स्थानीयवासीलाई प्राथमिकतामा राखेर द्वन्द्वपीडित, दलित, जनजाति, अपाङ्गता, गरीब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको छ । परीक्षाको नतिजा प्रकाशित भएपछि नगरपालिकाले पठाएको विद्यार्थीलाई सम्बन्धित विद्यालयले छात्रवृत्ति प्रदान गर्नेछ । नगरपालिकाले कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न नयाँ व्यवस्था अनुसार परीक्षा सञ्चालन गरेको बताउँदै नगर प्रमुख श्रेष्ठले अब कोही पनि विद्यार्थी मध्यपुरमा आर्थिक अभावले पढाइ छुट्ने अवस्था नआउने बताउनुभयो ।

छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गर्ने मध्यपुरथिमि नगरपालिका देशमै पहिलो स्थानीय सरकार भएको उहाँले दाबी गर्नुभयो । छात्रवृत्तिका लागि नगरपालिकामा ८१० जना विद्यार्थीले आवेदन दिएको नगर शिक्षा समितिका सदस्य एवं छात्रवृत्ति छनोट समितिका संयोजक सुमन बस्नेतले जानकारी दिनुभयो ।

शिक्षा ऐनले प्रत्येक संस्थागत विद्यालयले कक्षा विद्यार्थी सङ्ख्याको आधारमा अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने नियम भए पनि त्यो नियम संस्थागत विद्यालयले पारदर्शी रुपमा पालना नगरेको गुनासो आइरहेको बेलामा यो नगरपालिकाले आफैले छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गरेको हो । छात्रवृत्तिका लागि विद्यार्थीले नगर शिक्षा समितिबाट फाराम लगेर सम्बन्धित वडाको सिफारिसमा आवेदन दिएका थिए ।

पूर्ण र आंशिक छात्रवृत्तिका लागि लिएको परीक्षाको १० दिनभित्र नजिता सार्वजनिक गरी यहाँका ५१ संस्थागत विद्यालयमा विद्यार्थीको नामावली पठाइने संयोजक बस्नेतले बताउनुभयो । हरेक वर्ष नगरपालिको यही प्रक्रियाबाट छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको र नयाँ व्यवस्था अनुसार छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाको प्रयासलाई संस्थागत विद्यालयको पूर्ण समर्थन रहेको प्याब्सन मध्यपुरथिमि नगर समितिका अध्यक्ष एवं जनप्रेमी माविका प्रिन्सिपल निलेश आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com