ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक गाउँ एक प्राविधिकलाई उपकरण


एबीसी न्यूज


काठमााडौं,२५ बैशाख । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ । पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न सात उपकरण प्रदान गरेको छ ।

उपकरण पाउनेमध्ये तनहुँका २० र नवलपुरका १५ पशु सेवा प्राविधिक रहेको प्रयोगशालाका प्रशिक्षक डा गणेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पशु सेवा प्राविधिकलाई माइक्रोस्कोप, सर्जिकल सेट, खसी पार्ने उपकरण, सेन्टीफ्युजलगायतका उपकरण प्रदान गरिएको छ । माइक्रोस्कोप भने तनहुँमा चार र नवलपुरमा दुई मात्रै प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । पशु सेवा प्राविधिकलाई करीब रु १४ लाखको उपकरण प्रदान गरिएको छ । पशु सेवा विभागमार्फत गत वर्ष नै वितरण गर्नुपर्ने ती उपकरण प्राविधिक कारणले वितरणमा ढिलाइ भएको थियो । उपकरण पाएसँगै कृषकको घरघरमै पुगेर सेवा दिन सहज हुने पशु सेवा प्राविधिक धनराज कुमालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपकरणको अभावमा सेवा प्रवाहमा असहजता उत्पन्न भएको थियो, अब भने सहज हुने भएको छ ।” पशु सेवा प्राविधिकलाई उपकरण प्रदान गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि र पशुपालनमा प्रदेशलाई आत्मनिर्भर बनाउन पशु प्राविधिकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले समयमै उपचार नपाउँदा पशुको मृत्युसमेत हुनसक्ने भएकाले पशु प्राविधिक त्यसप्रति बढी संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री थापाले कृषिमा श्रमप्रतिको विश्वास जगाउन आवश्यक रहेकामा जोड दिँदै कृषकलाई काम गर्ने वातावरण सिर्जना गर्न प्रदेश सरकार सदैव क्रियाशील रहेको प्रतिबद्धता जनाउनुभयो ।

युवापुस्तालाई कृषिमा आकर्षण गर्नका लागि नीति बनाउन सरकार लागिपरेको बताउँदै उहाँले कृषिलाई सम्मानित पेशा बनाइने बताउनुभयो । व्यास नगर साइनिङ स्टार हुने जेसीआई व्यास नगरको आयोजनामा व्यास नगर साइनिङ स्टारको साताँै संस्करण हुने भएको छ । बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित जेसीआई व्यास नगरले यस वर्षसमेत साइनिङ स्टार आयोजना गर्न लागेको हो । जेसीआईले सन् २०१७ देखि प्रत्येक वर्ष साइनिङ स्टार गर्दै आएको छ । बालबालिकामा रहेको प्रतिभा प्रष्फुटन गर्दै उनीहरुको नेतृत्व विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जेसीआई व्यास नगरका कार्यकारिणी उपाध्यक्ष एवं साइनिङ स्टारका मूल संयोजक कृष्ण सुनारले जानकारी दिनुभयो ।

कार्यक्रमको अडिसन राउण्ड जेठ ३ र ४ गते हुँदैछ । अडिसन राउण्डमा १०० भन्दा बढी बालबालिकाको सहभागिता रहने अनुमान गरिएको जेसीआई व्यास नगरका अध्यक्ष रमेश गिरीले बताउनुभयो । उहाँका अनुसार अडिसन राउण्डबाट छनोट भएका बालबालिकालाई एक महीनाको अवधिसम्म नेतृत्व विकास, अनुशासन, पर्यटन, बालअधिकारलगायतमा प्रशिक्षण दिइनेछ । साइनिङ स्टारको फाइनल आगामी असार १४ गते हुनेछ । १० देखि १४ वर्षसम्मका बालबालिकाले प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिताको विजेताले नगद रु २५ हजार, फस्ट रनरअपले रु १५ हजार र सेकेण्ड रनरअपले रु १० हजार नगदसहित आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विभिन्न १३ विधामा बालबालिकालाई पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com