ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो


एबीसी न्यूज


काठमाडौँ, २४ वैशाख । सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् ।

राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । नेकपाका सांसद कालीबहादुर मल्लले नीति तथा कार्यक्रमको समर्थन गर्दै समेटिएका विषयवस्तुले जनतामा आशा जगाएको उल्लेख गर्नुभयो । उहाँले सरकारको पहिलो वर्ष आधार वर्षमा कानून निर्माणको प्रक्रियाले गर्दा कतिपय कार्यक्रमको प्रभावारी कार्यान्वयनमा केही सुस्तता देखिएपनि अबका दिनमा गति लिने विश्वास व्यक्त गर्नुभयो ।

सांसद दीनानाथ शर्माले नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति प्रतिबद्ध, राष्ट्रिय हितको संरक्षण, सङ्घीयताको कार्यान्वय, मौलिक हक र मानवअधिकारको सुनिश्चिता तथा सन्तुलित विकासजस्ता विषयलाई समेटेको बताउँदै यसले सरकारले अघिसारेका ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई सार्थक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेकपाकै सांसद दीलकुमारी थापा (पार्वती) ले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी लोककल्याणकारी राज्यको सिद्धान्तमा आधारित छ भन्दै विकास र समृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै प्रतिपक्षीले यसको कार्यान्वयनका लागि जिम्मेवार भएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु सुमनराज प्याकुरेल, जीवन बुढा, बलरामप्रसाद बाँस्कोटा, खगेन्द्रप्रसाद पुरी, कमलाकुमारी ओली, शेरबहादुर कुँवरलगायतले जनताको समग्र आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । यस्तै, सांसद चन्द्रबहादुर खड्का, विमला राई पौडेल र सिंहबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले सुशासन, पूँजीगत खर्च बढाउने र योजनाको कार्यान्वयन गराउने प्रतिबद्धता जनाएकाले यसले सन्तुलित विकासलाई अङ्गीकार गरेको उल्लेख गर्नुभयो । बैठकमा नेपाली काङ्ग्रेसका सांसद सरिता प्रसाईंले नीति तथा कार्यक्रमले जनताको अपेक्षित विषयलाई प्रभावकारी रुपमा समेट्न नसकेको धारणा राख्नुभयो । उहाँले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु राम्रा भए पनि त्यस्ता योजना तथा कार्यक्रम विस्तृतरुपमा आउन नसकेको बताउनुभयो ।

काङ्ग्रेसकै सांसद धनकुमारी खतिवडाले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु नारालाई कार्यान्वयन गर्नसके मुलुकले कोल्टे फर्ने भन्दै छुटेका विषयलाई परिस्कृत गरेर समेटिनुपर्नेमा जोडदिनुभयो । सांसद विन्दादेवी आलेले नीति तथा कार्यक्रमले नयाँ कार्यक्रम समेट्न नसकेको तथा विकास र समृद्धिका कतिपय विषयलाई हचुवाको भरमा प्रस्तुत गरिएको आरोप लगाउनुभयो । सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रमले सत्ता र प्रतिपक्ष नभई मुलुकको हितमा काम गर्ने भएकाले वाद प्रतिवाद नगरीकन छुटेका विषयलाई समेटेर अघि बढन्नुपर्नेमा जोड दिनुभयो । सांसद जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई जुहारीको थलो बनाउन नहुने भन्दै नीति तथा कार्यक्रमका अपुग भएका विषयलाई समेटेर कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com