ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माटोमा अम्लीयपन बढ्दै


एबीसी न्यूज

कञ्चनपुर, २३ वैशाख । रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ ।

माटो बिरुवाको खाद्यतत्वको भण्डार भएकाले माटोमा हुने अम्लीयपनले उर्वराशक्तिमा ह्रास आएको विभिन्न परीक्षणले देखाएको छ । माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको माटो तथा मल प्रयोगशाला सुन्दरपुरका निमित्त वरिष्ठ माटोविज्ञ प्रकाशकुमार पन्तले बताउनुभयो । प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भए पनि यसतर्फ किसानले चासो दिन सकेका छैनन् ।

“बोटबिरुवाबाट आशातीत फल पाउन उत्पादनका कारकतत्व माटो, मल, जल, बीउबिजन, उन्नत प्रविधि र बाली संरक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ”, माटोविज्ञ पन्तले भन्नुभयो, “बढ्दो जनसङ्ख्याको खाद्यान्नको माग पूरा गर्न सघन बाली प्रणाली अपनाउँदा माटोको उर्वराशक्ति दिगो बनाई राख्न माटो व्यवस्थापन पक्षमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।” बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्न्ोसियम, सल्फर, नाइट्रोजन र सुक्ष्म तत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, म्याङगानिज, मोलिब्डेनम क्लोरिनजस्ता खाद्यतत्वको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । माटोको अम्लीयपन हटाउन प्रतिकट्ठा खेतमा ८० किलोदेखि ९० किलो कृषि चुनको प्रयोग गरे माटोको अम्लीयपन हटाई तटस्थमा ल्याउन सकिने उहाँको भनाइ छ ।

“प्रतिवर्ष माटोमा अम्लीयपन बढ्दै जाने हो भने कृषि उत्पादनमा निकै ह्रास आउने भएकाले किसानले माटो चेकजाँच गराएर मात्र आवश्यकताका आधारमा रासायनिक मलको प्रयोग गर्ने र प्राङ्गारिक मलको प्रयोगलाई व्यापक बनाउनु पर्छ”, उहाँले भन्नुभयो । आव ०५४/५५ देखि ०५८/५९ सम्म प्रयोगशालाले कञ्चनपुरमा माटोको उर्वराशक्तिबारे गरेको अध्ययनका क्रममा लिइएका ५९३ माटोका नमूनामा अम्लीयपन २१६ मा, तटस्थ २१६ मा र क्षारीयपन १६१ मा फेला परेको थियो । यसैगरी, माटोमा प्राङ्गारिक पदार्थ ५३० मा धेरै कम, ५८ मा मध्यम र पाँचमा मात्रै अधिक पाइएको थियो ।

नाइट्रोजन ४६२ मा कम, १२२ मा मध्यम र नौमा अधिक पाइएकोमा फस्फोरस १२ मा कम, ११८ मा मध्यम र २७२ मा अधिक पाइएको थियो । आव ०६०/६१ देखि ०७४/७५ सम्मका २०५९ माटोका नमूना परीक्षण गर्दा ६१८ मा अम्लीयपन, १३५१ मा तटस्थ, ५४० मा क्षारीयपन पाइएको छ । प्राङ्गारिक पदार्थ १७१९ मा निकै कम, २८५ मा मध्यम, १२ वटामा अधिक पाइएको छ । नाइट्रोजन १४७६ मा कम, ५११ मा मध्यम र ६७ नमूनामा अधिक पाइएको छ । फास्फोरस ५३७ मा कम, ४९० मा मध्यम र ८९२ मा अधिक पाइएको छ । यसैगरी, पोटास ८३६ मा कम, ९३७ मा मध्यम र ३३७ मा अधिक पाइएको छ ।

माटोको उर्वराशक्ति बढाउन र माटोको अम्लीयपन हटाई सन्तुलित बनाउन प्राङ्गारिक मलको प्रयोगमा व्यापकता ल्याउनुपर्ने कृषिविज्ञको सुझाव रहेको छ । घर वरिपरि पाइने वनस्पति, झारपात आदिलाई टुक्रा पारी तह तह बनाउँदै खाडल वा थुप्रोमा उपयुक्त वातावरणको सिर्जना गरी सुक्ष्म जीवाणुका माध्यमबाट कुहाइ प्राङ्गारिक मल बनाउन सकिने कृषि प्राविधिक वीरबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तर तथा अन्य झारपात गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर पनि प्राङ्गारिक मल बनाउन सकिन्छ ।

उहाँले प्राचीनकाल देखिनै यस मललाई त्यति महत्व नदिइएको र यसलाई जथाभावी राख्ने, यसमा भएका खाद्यतत्वको संरक्षण एवं सदुपयोगको ज्ञान, सीप अभावका कारण नेपालले एकातिर वर्षेनी करोडौँ मूल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्कोतिर अबौँ रुपैयाँ रासायानिक मल यूरिया मल खरीदमा विदेश गइरहेको छ बताउनुभयो । उहाँले भन्नुभयो, “प्राङ्गारिक तरकारी खेतीमा गोठेमलको महत्व रहेकाले यसको सुधार गरेर प्रयोग गर्नु अति आवश्यक छ ।” साधारणतयाः गोठेमलमा भएको नाइट्रोजन उडेर र चुहेर नोक्सान हुन्छ भने पोटास चुहिएर नोक्सान हुने भएकाले गोठेमललाई सूर्यको प्रकाश, पानीबाट जोगाइ राख्नुपर्ने उहाँको भनाइ रहेको छ ।

कलिला र सजिलै कुहिन सक्ने वनस्पतिका पात, डाँठ, हाँगा तथा अन्य भागलाई जमीनमा कुहाइ हरियो मल बनाउन सकिन्छ । कुहिँदै गरेका कृषि जैविक उप–उत्पादन गाईभैँसीको गोबर, पात पतिङ्गर, सोत्तर, तरकारीको बोक्रालगायतका कच्चा पदार्थमाथि गँड्यौला राखेर प्राङ्गारिक मल तयार गर्न सकिने उहाँको भनाइ छ ।

“माटोको खाद्यतत्वबारे किसानलाई सचेत बनाउनु आवश्यक देखिन्छ”, उहाँले भन्नुभयो, “जनचेतना र तालीमका माध्यमबाट प्राङ्गारिक मल तयार गर्न किसानलाई दक्ष बनाई यसतर्फ डो¥याउनु नितान्त आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com