ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुलाकी राजमार्ग निर्माणको गतिरोध अन्त्य


admin
बैशाख २१, २०७६ शनिबार  १२ : १९ बजे

नेपालगन्ज ,२१ बैशाख । नेपालगञ्ज–बघौडा हुलाकी राजमार्गको नरैनापुरस्थित मटेहिया खण्डमा रहेको अवरोध हटेको छ ।

नेपालगञ्जदेखि नरैनापुर गाउँपालिकाको कटकुइँयासम्मको निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गत नरैनापुर गाउँपालिका–५ मटेहियास्थित निर्माण कार्यमा देखिएको अवरोध, सडक नक्साङ्कन, मुआब्जा विवाद साम्य भएपछि एक हप्तादेखि निर्माण कार्यले गति लिएको छ ।

चालु हुलाकी सडकखण्ड भन्दा फरक सर्भे उत्तरतर्फ नापी भएपछि उत्पन्न विवाद बढ्न गई २०७५ वैशाखदेखि सडकको निर्माण कार्य अवरुद्ध रहेको थियो । बाँके क्षेत्र नं १ का प्रदेशसभा सदस्य कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह, स्थानीय जग्गाधनीलगायत सरोकार पक्षसँग नियमित संवादमार्फत आपसी विश्वास कायम भएपछि विवाद साम्य भएको हो ।

हालसम्म १७ किलोमिटर सडक कालोपत्रे बनिसकेको गणपति ग्रुप कन्सट्रक्शनका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्ताभित्र थप पाँच किलोमिटर सडक कालोपत्रे गर्ने र बाँकी ग्राभेलको कामलाई तीव्रता दिइनेछ ।

हाल चालु सडकलाई नै कायम राख्ने गरी निर्माण कार्यलाई अविलम्ब बढाउने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको व्यक्तिगत जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालु सडकमा पर्ने जग्गाको मुआब्जा १० मिटर दिने कुरामा लिखित सहमति भए पनि दुईजना जग्गाधनीले असमहति जनाएपछि सडक निर्माण कार्य रोकिन गएको थियो ।

जग्गाधनी बाबुलाल यादव र मासुम अलीलाई निर्माण कार्यमा अवरोध नगर्न गरिएको पटक÷पटकको आग्रहपछि अहिले सहज स्थितिमा निर्माण कम्पनीले माटो पटान, ग्राबेल, रोलरलगायतका कार्य बढाएको छ । हुलाकी राजमार्ग योजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो ।

निर्माण कार्य आगामी असार मसान्तसम्म पूरा गर्नु पर्ने समयसीमा रहेको छ । हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा रहे पनि पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति गु्रप कन्ट्रक्सनलाई दिएको थियो ।

चालु सडकलाई नै कायम राख्ने गरी निर्माण कार्यलाई अविलम्ब बढाउने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको व्यक्तिगत जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालु सडकमा पर्ने जग्गाको मुआब्जा १० मिटर दिने कुरामा लिखित सहमति भए पनि दुईजना जग्गाधनीले असमहति जनाएपछि सडक निर्माण कार्य रोकिन गएको थियो ।

जग्गाधनी बाबुलाल यादव र मासुम अलीलाई निर्माण कार्यमा अवरोध नगर्न गरिएको पटक÷पटकको आग्रहपछि अहिले सहज स्थितिमा निर्माण कम्पनीले माटो पटान, ग्राबेल, रोलरलगायतका कार्य बढाएको छ ।

हुलाकी राजमार्ग योजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माण कार्य आगामी असार मसान्तसम्म पूरा गर्नु पर्ने समयसीमा रहेको छ । हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा रहे पनि पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति गु्रप कन्ट्रक्सनलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com