
ल्हासा, १८ वैशाख । चीनको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण छोट्याएर आज स्वदेश फर्कदै हुनुहुन्छ । स्वास्थ्यमा समस्या भएपछि भण्डारी फर्कन लाग्नुभएको छ । राष्टपति भण्डारी बुधबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ ।
उहाँको स्वास्थ्यमा सामान्य समस्या देखिएकोले भ्रमण एक दिन छोट्टिएको हो। बाँकी प्रतिनिधीमण्डल ल्हासाको भ्रमण पुरा गरि भोली नै फर्कंदै हुनुहुन्छ ।

चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा सहभागी भएलगत्तै राष्ट्रपतिले सोमबार चिनियाँ समकक्षी सी जिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति भण्डारी चीनको ल्हासामा हुनुहन्छ । उहाँको भ्रमण तालिका अनुसार बिहिबार मात्र फर्कने कार्यक्रम थियो।







प्रतिक्रिया दिनुहोस्