ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी ल्हासामा, तिब्बत सरकारका उपप्रमुखबाट स्वागत


एबीसी न्यूज
बैशाख १७, २०७६ मंगलबार  १० : ३८ बजे


ल्हासा , १७ वैशाख ।  राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासा पुग्नुभएको छ ।
राष्ट्रपति भण्डारी आज बिहान बेइजिङबाट एयर चाइनाको विमान हुंदै ल्हासा विमानस्थलमा अवतरण गर्नुभएको हो ।

ल्हासा विमानस्थलमा राष्ट्रपतिलाई तिब्बत सरकारका उपप्रमुखले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिसंगै रहेको नेपाली प्रतिनिधिमण्डल पनि ल्हासा पुगेको छ । भण्डारीले आज दिउ“सो ल्हासा रहेको नेपाली महावाणिज्य दूतावासको बन्दै गरेको नयां भवनको अवलोकन गर्ने कार्यक्रम रहेको छ । सांझ चिनिया कम्युनिष्ट पार्टीका तिब्बत पार्टी सेक्रेटरीले राष्ट्रपति भण्डारीलाई ल्हासा होटलमा भेट्ने कार्यक्रम पनि छ । यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राष्ट्रपति सी जिङपिङबीच हिजो शिष्टाचार भेटवार्ता सम्पन्न छ ।

बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दुई राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा चिनिया राष्ट्रपति सि जिङपिङले नेपालको सम्बन्धलाई उच्च महत्व दिएको बताउनुभएको थियो ।

राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, सामाजिक व्यवस्थाप्रति सधैं सम्मान व्यक्त गर्दै नेपालको नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो । भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रद्धिवद्ध रहेको दोहो¥उनुभएको थियो । राष्ट्रपति भण्डारीले समकक्षी सीलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा आग्रह समेत गर्नुभएको छ । नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षपछि पहिलो पटक नेपाल र चीनका राष्ट्रपतिबीच दुई पक्षीय औपचारिक भेटावार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

कर्मचारीमाथि पूर्वमन्त्रीको आरोप

सम्बन्धित

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com