ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र चीनबीच बहु–प्रतिक्षित व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर


एबीसी न्यूज
बैशाख १६, २०७६ सोमबार  ६ : ४९ बजे



बेइजिङ, १६ वैशाख । नेपाल र चीनबीच बहुप्रतिक्षित व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको छ ।

चीनको राजधानी बेइजिङमा आज नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनको तर्फबाट यातायात मन्त्री ली सिआओपिङले व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सी जिङपिङबीच भएको शिष्टाचार भेटवार्ता पछि भएको दुवै मुलुकका प्रतिनिधिमण्डको छलफल पछि सम्झौतामा हस्ताक्षर भएको हो ।

यसैगरी दुई देशबीच आर्थिक र प्राविधिक सहयोग सम्बन्धी सहमति पत्रमा पनि हस्ताक्षर भएको छ । अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र चाइना इन्टरनेसनल कोअपरेशन डेभलपमेन्ट एजेन्सीका सभापति वाङ सिआताओले यो सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यसैगरी नेपालको उत्तरी क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने सम्बन्धी सहमति भएको छ ।

यस्तै, दुई देशबीच चिनिया अनुदानमा नेपालमा सञ्चालित आयोजनासम्बन्धी प्रमाणपत्रमा पनि हस्ताक्षर भएको छ । जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र चीनको तर्फबाट बाणिज्यमन्त्री झेङ शानको हस्ताक्षर रहेको छ ।

यस्तै, भन्सार सुधारका लागि द्विपक्षीय सहयोग सम्बन्धी समझदारीपत्र एवं नेपालको गुणस्तर तथा नापतौल विभाग र चीनको गुणस्तर विभागको स्तरसम्बन्धी समझदारीमा पनि हस्ताक्षर भएको छ । यस्तै, सांस्कृतिक सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्ने सम्बन्धी दुई देशबीचको अर्काे समझदारी पत्रमा पनि हस्ताक्ष्ँर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com