काठमाडौं,१६ बैशाख । मित्रराष्ट्र चीनको राजकिय भ्रमणमा रहनुभएकी राष्टपति विद्यादेवी भण्डारीले बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको चिनियाँ वीर शहीदको स्मारक स्तम्भमा पुष्पगुच्छा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

यसअघि, राष्ट्रपतिले स्क्वायरमा रहेको चिनियाँ वीर शहीदको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाए र राष्ट्रपति भण्डारी तियानमेन स्क्वायर पुग्दा सम्मानमा राष्ट्रिय धुुन बजाइएको थियो ।

प्रसिद्ध पर्यटकीय स्थलसमेत रहेको तियानमेन क्षेत्रमा नेपाल र चीनका झन्डा फहराइएका छन् । यसैवीच राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राष्ट्रपति सी जिङपिङबीच आज उच्चस्तरीय भेटवार्ता हुने भएको छ ।

आज सोमवार केहीबेरमा जापानी नेता नि काईले राष्ट्रपतिलाई भेट्दै हुनुहुन्छ । व्यापार तथा पारवहन प्रोटोकलसहित अन्य महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने छ ।








प्रतिक्रिया दिनुहोस्