
बेइजिङ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङका साथै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिन आउनुभएका विदेशी राष्ट्रपमुख तथा सरकार प्रमुखसँग चिनियाँ प्रदर्शनस्थलको भ्रमण गरी वृक्षरोपण गर्नुभएको छ ।
अन्तरराष्ट्रिय बागवानी प्रदर्शनी सन् २०१९ याङ्चिङ्भित्र चिनियाँ प्रदर्शनीस्थल पुग्दा उहाँलाई बालबालिकाले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले चिनियाँ नाम हाइथाङ (म्यालस स्पेक्टाबिलिस) अर्थात् चिनियाँ फूल लाग्ने स्याउको बोटमा माटो तथा पानी राख्नुभएको थियो । त्यसमा उहाँलाई बालबालिकाले सघाएका थिए ।







प्रतिक्रिया दिनुहोस्