काठमाडौं, १३ बैशाख । शुक्रबार पनि मौसम पूर्णरुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम बंगालतिर बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले पूर्वसहित मध्य र पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुले पनि फेरि बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

तर ठूलो पानी भने नपर्ने उहाँको अनुमान छ । यो प्रणाली कमजोर हुने भएकाले शुक्रबार र शनिबार मौसम नखुलेपनि आइतबारदेखि भने पूर्वसहित मध्य र पश्चिमको पहाडी भूभागको मौसममा सुधार आउने आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । यसैबीच यसवर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्