ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा दोस्रो चरणको मतदान शुरु


admin
बैशाख ५, २०७६ बिहीबार  ११ : १४ बजे

एजेन्सी,५ बैशाख । भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ ।

आयोगका अनुसार, असाम (५ स्थान), बिहार (५ स्थान), छत्तीसगढ (३), जम्मु र काश्मिर (२), कर्नाटक (१४), महाराष्ट्र (१०), मणिपुर (१), उडिसा (५), तामिलनाडु (३८), उत्तर प्रदेश ८), पश्चिम बंगाल (३) र पोन्डीचरी (१)का ९५ स्थानका लागि चुनाव हुन लागेको हो । निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपति रामनाथ कोबिन्दले धाँधलीको आशंकामा तामिलनाडु राज्यको भेल्लोरको मतदान रद्द गर्नुभएको थियो ।

मतदानमा ठूलो मात्रामा रकम बरामद भएपछि आयोगले उक्त निर्वाचन क्षेत्रको मतदान रद्द गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । बिहीबारको चुनावमा कर्नाटकबाट पूर्व प्रधानमन्त्री एवं जनता दलका अध्यक्ष एचडी देवेगौडा चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिल गौडा पनि पहिलोपटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

जम्मु काश्मिरको श्रीनगर क्षेत्रमा नेसनल कन्फ्रेन्सका नेता फारुक अब्दुल्लाह पनि चुनावी मैदानमा हुनुहुन्छ । चुनावमा सम्भावित हिंसालाई ध्यानमा राखेर सरकारले श्रीनगर र घाँटीका अरु क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।

उत्तर प्रदेशको मथुरामा नायिका हेमा मालिनी भारतीय जनता पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ राष्ट्रिय लोकदलका नरेन्द्र सिंह र कङ्ग्रेसका तर्फबाट स्थानीय उद्योगी महेश पाठक हेमा विरुद्ध चुनाव लड्दै हुनुहुन्छ ।

तामिलनाडुमै पूर्व अर्थमन्त्री पी चिदम्बरमका छोरा कार्ती चिदम्बरम चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन आयोगका अनुसार, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९.४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com