काठमाडौं , २६ चैत । सोमबार दिउँसो अर्घाखाँचीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो ।
सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गर्दा लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका ८ नुवाकोटको लात्तेबाँझ भन्नेस्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य र ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना तथा सन्धिखर्क नगरपालिका १२ डिभर्नाका ४ वर्षीय प्रिन्स श्रेष्ठ छन् । दुर्घटनामा घाइते सोनु शाहीले चालक र सहचालक युवतीसँग जिस्किँदै गर्दा दुर्घटना भएको बताएकी छन् । प्रहरीले भने उकालोमा ब्रेक फेल भएर जिप सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरेको छ ।








प्रतिक्रिया दिनुहोस्