ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी तीव्र


admin
आश्विन २३, २०७४ सोमबार   ३ : २५   बजे

चितवन, २३ असोज ।  नेपाल पोल्ट्री महासंघले यहाँ गर्न लागेको अन्तर्राष्ट्रिय पोल्ट्री तथा लाइभस्टक एक्स्पो, २०१७ को तयारी तीव्र पारेको छ ।

आगामी कात्तिक १७ गतेदेखि तीन दिनसम्म भरतपुरको औद्योगिक प्रदर्शनीस्थलमा एक्स्पो हुँदैछ । महासंघका उपाध्यक्ष टीकाराम पोख्रेलका अनुसार एक्स्पोमा विदेशी १०० वटा र नेपाली १०० वटा कक्ष रहने छ ।

भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्सलगायत देशका व्यवसायीले कक्ष बुकिङ गरिरहेका छन् । करिब १२ देशका व्यवसायी सहभागी हुने अनुमान गरिएको सो एक्स्पोमा पोल्ट्रीसँग सम्बन्धित सबैखाले उत्पादनको कक्ष रहने छ ।

एक्स्पोका संयोजक एवं महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री क्षेत्रका पछिल्लो प्रविधि एक्स्पोमा प्रदर्शन गरिने बताउनुभयो । उहाँका अनुसार कम लागतमा बढी उत्पादन दिन सक्ने प्रविधिको समेत प्रदर्शनी हुने हुँदा यहाँका व्यवसायी प्रत्यक्षरुपमा लाभान्वित हुने बताउनुभयो । अहिले नेपालमा प्रयोग गरेको प्रविधिले मासु र अण्डा उत्पादन लागत बढेको भन्दै विष्टले एक्स्पोपछि कम लागतमा उत्पादन बढाउन सहज हुने बताउनुभयो ।

एक्स्पोमा दाना, औषधि, ह्याचरी, खोर निर्माण गर्ने हाउजिङ कम्पनी, प्याकेजिङ कम्पनीलगायत कक्ष रहने छन् । यति ठूलो संख्यामा विदेशी सहभागी हुने नेपालको यो नै पहिलो एक्स्पो हुनेछ । सोही क्रममा प्राविधिक गोष्ठीसमेत गरिँदैछ । पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष एवं प्राविधिक गोष्ठीका संयोजक डा होमबहादुर बस्नेतका अनुसार विदेशी र स्वदेशी विज्ञले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

पछिल्लो समय विभिन्न कारणले उत्पादनमा कमी आइरहेका बेला सो एक्स्पोमा हुने गोष्ठीबाट नयाँ प्रविधिमा गएर उत्पादन बढाउन कृषकलाई सहयोग पुग्ने छ । कम लागतमा बढी उत्पादन गर्ने नयाँ प्रविधिका बारेमा ज्ञान पाउन सकिने भएकाले एक्स्पो निकै प्रभावकारी रहने विष्टको भनाइ छ ।

नेपाल पोल्ट्री महासंघका सचिव एवं नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले एक्स्पो नेपालका कृषकका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो । आवश्यक परेका प्रविधि र सामग्री सहज लिन सक्ने वातावरण एक्स्पोले गर्ने उहाँको भनाइ छ । आइतबार साँझसम्म विदेशी ९० वटा कक्ष बुकिङ भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group