ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखका स्थानियतहमा कपीपेष्ट गर्दा गाउँपालिकाकै बेइज्जत


एबीसी न्यूज


काठमाडौं, १३ चैत। दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले प्रकाशन गरेको ‘गाउँपालिका बस्तुगत विवरण २०७४’ अन्तर्गत भौगोलिक स्वरुप खण्डमा लेखिएको छ, दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिका भेरीगंगासँग, पश्चिममा झुप्राखोलाले वीरेन्द्रनगर गाउँपालिकासँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग सीमा रहेको छ ।

डुङ्गेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल पाश्र्वचित्रका लागि संकलित अधिकांश विवरणहरु गलत र कपोकल्पित रहेको बताउँछन् । ‘गाउँपालिकाको भौगोलिक स्वरुप मात्रै होइन, स्वास्थ्य, शिक्षा लगायतका तथ्याङ्कहरु पनि मिल्दैनन् अध्यक्ष मल्लले भने, ‘अहिले फेरि गाउँपालिकाको बस्तुगत विवरण संकलन गर्ने काम भइरहेको छ ।’

गाउँपालिकाको बस्तुगत विवरण सहितको पुस्तक प्रकाशनका लागि वडा नम्वर २ का अध्यक्ष राजुकुमार खत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिमा वडा नम्वर ६ का अध्यक्ष बमबहादुर विसी र कार्यपालिका सदस्य शान्ति वली सदस्य छन् । ‘सुर्खेतको लेकवेशी नगरपालिकाको ठाउँमा डुङ्गेश्वर गाउँपालिका बनाएर पाश्र्वचित्र बनाएको देखिन्छ’, गाउँपालिकाका एक जनप्रतिनिधि भन्छन् ‘समितिले अर्को ठाउँको कपीपेष्ट गर्दा सिंगो गाउँपालिकाकै बेइज्जत भएको छ ।’

यहाँसम्म कि पाश्र्र्वचित्रका अधिकांश गाउँमा ‘नगरपालिका’लाई ‘गाउँपालिका’ बनाउँदा धेरै तथ्याङ्कहरु फरक पर्न गएका छन् । सुर्खेतको लेकवेशी नगरपालिकाको पाश्र्वचित्रलाई कपी गरेर नगरपालिकाको ठाउँमा गाउँपालिका बनाउँदा छिमेकी कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकालाई गाउँपालिका उल्लेख गरिएको छ ।

पाश्र्वचित्रमा दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका हुनुपर्नेमा वीरेन्द्रनगर नगरपालिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com