ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाख १ मै भेरी–बबई सुरुङको ‘ब्रेक थ्रु’ गर्ने– निर्देशक बराल


एबीसी न्यूज


काठमाडौँ, १० चैत । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)ले निर्माणको जिम्मा पाएको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङको काम अन्तिम चरणमा पुगेको छ ।

काम अन्तिम चरणमा पुगे सगै नयाँ वर्षका दिन ब्रेक थ्रु गर्ने गरी काम भइरहेको आयोजनाका निर्देशक सञ्जीव बरालले जानकारी दिए ।

निर्देशक बरालका अनुसार बिहीबारसम्म ११ किलोमिटर ७ सय ५० मिटर सुरुङ खनिसकिएको छ । ‘अब करिब ४ सय ५० मिटर सुरुङ खन्न बाँकी रहेको छ,’ उनले भने, ‘बढीमा २० देखि २५ दिनभित्रै सुरुङको ‘ब्रेक थ्रु’ गर्न सकिन्छ ।’ वैशाख १ मै सुरुङको ‘ब्रेक थ्रु’ गर्ने आन्तरिक तयारी भइरहेको उनले बताए । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको काम १० फेबु्रअरी २०१५ बाट सुरु भएको थियो । २८ मार्च २०२० सम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य भए पनि त्यसको एक वर्षअघि नै सुरुङ निर्माण सकिन लागेको हो । विगतमा सुस्त गतिमा काम भएको भन्ने आरोप लागेपनि निर्देशक बराल पुगेपछि भने कामले तिव्रता पाएको थियो ।

आयोजना सम्पन्न भएसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन सकिने लक्ष्य आयोजनाले लिएको छ । सुरुङ निर्माणपछि भेरी नदीको पानी प्रतिसेकेन्ड ४० घनमिटर बबईमा खसालिनेछ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक)ले निर्माणको जिम्मा पाएको थियो । सुरुङ निर्माण सुरु गरिएको ३५ महिनामा सुरुङको काम सकिएको बरालले बताए । आयोजनामार्फत हात्तीखाल आसपासका क्षेत्रमा सिँचाइ, ग्रामीण विद्युतीकरण र ग्रामीण सडक सुधारको काम पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com