ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुँजीवादी व्यावस्थामा दलित मुक्ति असम्भव : आहुति


admin


काठमाडौं,८ चैत । दलित संठनहरुले ५४औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन(मार्च २१)को अवसर पारेर विचार गोष्ठी सम्पन्न गरेको छ । जात व्यावस्था उन्मुलन मोर्चा नेपाल ,नेपाल दलित मुक्ति मोर्चा ,दलित मुक्ति मोर्चा नेपाल र दलित शक्ति नेपालको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम राजकुमार हिङमाङको संयोजकत्वमा मुल आयोजक समिति गठन गरि विभिन्न दलित संगठनहरुको संयुक्त आयोजनामा गरिएको हो । कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका महासचिव मोहोन वैद्य किरणले जनताको पक्षमा लडिरहेको राजनीतिक शक्ति माथि प्रतिबन्ध लगाएर सरकारले राजनितिक माहोल भड्काउन खोजेको आरोप लगाउनु लगाउनु भएको छ ।

उहाँले कुनै पनि समस्याको समधान वार्ता र संवाद नै भएकाले राजनितिक आन्दोलन मार्फत राखिएका जनपक्षिय मागलाई राज्यले संबोधन गर्नुपर्ने धारणा समेत राख्नु भयो।त्यस्तै कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले जात व्यावस्थाका कारण सिंगो एसिया पछि परेको बताउनु भएको छ ।

उहाँले अहिले नेपालमा पुराना सामन्तहरु नै पुँजीपति बनेका र पुराना दासहरु मजदुरमा परिवर्तन भएका कारण अहिलेको व्यावस्था दलाल पुँजीवादको हातमा रहेको र यो व्यावस्थाले दलित मात्रै होइन कुनै पनि उत्पिडित समुदायको मुक्ति सम्भव नदेखिएकाले अब नयाँ ढंगले माक्र्सवादी तथा वैज्ञानिक समाजवादी व्यावस्थामा मात्रै सम्भव देखिएकाले समाज नै ध्रुविकृत हुन थालेको कुरा बताउनु भयो ।

त्यस्तै गरी वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अहिलेको शासन व्यावस्था दलालहरुले चलाएको हुनाले सार्वभौम सत्ता जनता निहित नभएको त्यो संबिधानको किताबमा मात्रै सिमित रहेको धारणा राख्नु भयो ।

मानव अधिकार आयोग का सदस्य मोहोना अन्सारीले वर्गीय र जातिय आनदोलन मानव अधिकार सँग संबंधित रहेको र आनदोलनको बेला एकीकरण हुने र दस्तावेजीकरण हुने वेला विकेन्द्रीकरण हुने दलहरुको रोग भएको धारणा राख्नु भयो ।

उहाँले कानुनी किताबमा परिवर्तन भए पनि व्याक्तिगत एवं सामाजिक स्तरमा परिवर्तन नआएको विचार व्यक्त गर्नु भयो ।राजनितिक परिवर्तनका लागि हतियार नै उठाउनु पर्छ भन्ने नरहेको भन्दै दलहरुलाई शान्तिपूर्ण तवरले आफ्ना मागहरु राख्न अनुरोध गर्नु भयो ।

अब दलितहरुलाई सामाजिक ,आर्थिक रुपमै बलियो बनाउन सबै क्षेत्र लाग्न पनि अनुरोध गर्नु भयो ।नयाँ शक्ति पार्टीका कमला हेमचुरीले जात व्यावस्था उन्मुलन नभए सम्म दलित मुक्ति नहुने धारणा राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com