ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाजिर नपुग्दा ३१ विद्यार्थी एसइईबाट वञ्चित


admin

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । 

पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । वञ्चित हुनेमध्ये पाँच धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये पाँच जनाको पनि हाजिरि नपुगेकाले अयोग्य भएका छन् । 

एसइईमा म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरी कूल दुई हजार २४२ परीक्षार्थी सहभागी हुने उक्त एकाइ प्रमुख बुढाथोकीले बताउनुभयो । तीमध्ये दुई दृष्टिविहीन विद्यार्थी पनि छन् । 

यसैगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परीक्षाको समयमा महीनावारी हुने छात्राको सहजताका लागि म्याग्दीसहित प्रदेशका २१७ वटा परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । कूल छात्रा सङ्ख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरीद गर्न रकम उपलब्ध गराइएको उक्त मन्त्रालयका अधिकृत विष्णुमाया पौडेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com