ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने


admin
चैत्र ४, २०७५ सोमबार  १० : ४८ बजे

पाल्पा, ४ चैत । अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको पाइएकाले तोकिएको समयमै त्यस्ता सामान बुझाउन उक्त कार्यालयले सूचित गरेको हो । 

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा अनुमतिबेगरका हतियार बुझाउन भन्नुभएको छ । नेपाल सरकारको फागुन २८ गते निर्णयानुसार ३५ दिनभित्र अवैधरुपमा राखिएका हातहतियार सरकारलाई बुझाए कारवाही नगरिने उहाँले बताउनुभयो । 

प्रशासन कार्यालयको मोबाइल एप्स सञ्चालनमा 

पाल्पा जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सेवाग्राही तथा सरोकारवालालाई सेवा तथा जानकारी लिन सहज बनाउने उद्देश्यले सो एप्स सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताउनुभयो । त्यसका लागि रु एक लाख ४३ हजार ५१० खर्च भएको थियो । 

उक्त एप्समा जिल्लाको सामान्य जानकारी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरण, नागरिक बडापत्र, कार्यालय प्रमुखको बैठक तथा निर्णय, मासिक प्रगति विवरण, अनुगमनका विवरणलगायत सेवाबारे सेवाग्राही तथा सरोकारवाला निकायले जानकारी लिनसक्न व्यवस्था गरिएको सूचना अधिकारी हुमबहादुर पाण्डेयले बताउनुभयो । 

त्यसैगरी जिल्लास्थित सरकारी कार्यालयको विवरण ( कार्यालयका प्रमुख, तथा उपप्रमुख, गुनासा सुन्ने अधिकारी र सूचना अधिकारी) सेवाग्राही तथा सरोकारवालाले सेवा प्राप्तिका लागि दिनुपर्ने व्यक्तिगत निवदेनका नमूना फारम (आदिवासी जनजाति, दलित, मधेशी, खस, आदि, एप्समा छन् । 

नाता प्रमाणित, नागरिकताको प्रतिलिपि प्राप्त गर्ने, नयाँ राहदानी उपलब्ध गराउन तथा द्रुत राहदानी उपलब्ध गराउन, पतिको नामथर वतन कायम गरी प्रतिलिपि प्राप्त गर्न,नागरिकता प्रमाणपत्रको अभिलेख प्रमाणितलगायत विवरण पनि एप्समा समावेश गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com