ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् चुहावट गर्नेबाट चार करोड असुली


admin
फाल्गुन २७, २०७५ सोमबार   १ : ३९   बजे

पर्सा, २७ फागुन । नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु चार करोडभन्दा बढी रकम असुल गरेको छ । 

मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरुलाई कारवाही स्वरुप केन्द्रले सो रकम असुल गरेको हो । 

वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा रहेका ४५ ठूला ग्राहकलाई कारवाही गरी चालू आवको पहिलो सात महीनामा रु चार कारोड १३ लाख ९४ हजार असुल गरेको हो । 

ग्राहकको मिटरलाई जाँच गर्दा मिटर तथा जडानमा गडबढी फेला परेपछि उनीहरुलाई कारवाही गरिएकोे केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा मिटर तथा जडानमा गडबढी भेटिएका अन्य ३९ ठूला ग्राहकलाई कारवाही गर्न फाइल अनुमतिका लागि विभागमा पठाएको र विभागले फाइल सदर गरेपछि थप रु दुई करोडभन्दा बढी रकम असुली हुने बताउनुभयो । 

विद्युत् चुहावटलाई नियन्त्रण गर्न प्रधिकरणले पर्सामा अभियान चलाएपछि गत वर्षको तुलनामा चालू आवमा पहिलो सात महिनामा करीब आठ प्रतिशत चुहावट नियन्त्रण भएको छ । गत आर्थिक वर्षमा १० दशमलव ७३ प्रतिशत विद्युत् चुहावट भएको थियो । चालू आवको पहिलो सात महिनामा दुई दशमलव ८४ प्रतिशत मात्र विद्युत् चुहावट भएको केन्द्रका प्रमुख ठाकुरले जानकारी दिनुभयो । 

उहाँले गत आवमा राष्ट्रिय प्रसारण लाइनबाट ३६ करोड ११ लाख ७३ हजार ११६ युनिट विद्युत् प्राप्त गरेकामा ३२ करोड २४ लाख आठ हजार २२ युनिट बिक्री भई तीन करोड ८७ लाख ७५ हजार ९४ युनिट चुहावट भएको थियो । चालू आवमा मुख्य प्रसारण लाइनबाट २१ करोड ८२ लाख ४१ हजार ८०७ युनिट प्राप्त गरेकामा २१ करोड २० लाख ४७ हजार ४०३ युनिट बिक्री भई ६१ लाख ९४ हजार ४०४ युनिट चुहावट भएको उहाँले बताउनुभयो । 

अनुगमनलाई तीव्र बनाएकै कारण चालू आवमा तीन करोड २५ लाख ७० हजार ६९० युनिट विद्युत् चुहावट हुनबाट रोकिएको केन्द्र प्रमुख ठाकुरको भनाइ छ । 

वीगञ्ज वितरण केन्द्रबाट विद्युत् लिएका ४४ हजार ९५४ जना ग्राहकबाट चालू आर्थिक वर्षको पहिलो सात महीनामा दुई अर्ब रु दुई करोड विद्युत् महसुस सङ्कलन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा रु एक अर्ब ८० करोड महसुल सङ्कलन गरेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group