ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आर्थिक समृद्धिको सम्भावना खोजी हुँदैछ’


एबीसी न्यूज

सुर्खेत, २२ फागुन ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिगो आर्थिक समृद्धिका लागि सम्भावनाको खोजी गर्नु अहिलेको आवश्यकता रहेको औँल्याउनुभएको छ । सल्यानको बनगाड–कुपिण्डे नगरपालिकामा आयोजित कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले दिगो आर्थिक समृद्धि गर्न आयस्रोत वृद्धिका आधारहरु तयार गर्नुपर्नेमा जोड दिनुभयो । 

“प्रकृति प्रदत्त स्रोतहरुको सही सदुपयोग गरौँ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “आत्मनिर्भर कर्णाली प्रदेश बनाउन कृषिमा जोड दिऊँ ।” महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अवसर सृजना गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “हामीसँग भएको स्रोतको पहिचान गरी तिनको उत्पादन, निर्यात र बजारीकरणमा सबल बनौँ र हामीमा लागेको गरीबीको ट्याग हटाऔँ ।” 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कुपिण्डेको पर्यटन र बनगाडको संस्कृतिले सल्यान जिल्लाको समृद्धिको आधार भएको बताउनुभयो । उहाँले कृषि उपजसँगै सिङ्गारु, सोरठी, सिरिङ्गे, सैरली, गर्रा नाच र मौलिक संस्कृतिले पर्यटकहरुलाई आकर्षण गर्नाका साथै अर्थतन्त्रमा पनि अपेक्षाकृत वृद्धि हुने विश्वास दिलाउनुभयो । 

नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले कृषि, पर्यटन र सांस्कृतिक मेलाले यहाँका नागरिकको जनजीवनलाई प्रतिस्पर्धी र आत्मनिर्भर बन्न प्रेरणा दिने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अन्न उत्पादनको भण्डारका रुपमा चिनिँदै आएको सल्यान प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले पनि धनी छ ।” 

उद्योग वाणिज्य सङ्घ सल्यान, बजार व्यवस्थापन समिति सल्लीबजार र से–फोक्सुण्डो मिडिया प्रालिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ । एक सातासम्म सञ्चालन हुने उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता हुने से–फोक्सुण्डो मिडिया प्रालिका प्रमुख जीवन बिसीले जानकारी दिनुएभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com