ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उन्नत गाईको स्रोतकेन्द्र बन्दै चितवन


admin
आश्विन १९, २०७४ बिहीबार   ३ : ५७   बजे

रत्ननगर (चितवन), १९ असोज । चितवन जिल्ला उन्नत गाईको स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको छ । जिल्लामा प्रजनन गराइएका गाईका बाच्छी नेपालका विभिन्न जिल्लामा पठाइने गरेको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईंले चितवनमा पछिल्लो समयमा उन्नत गाईको व्यावसायिक फार्म रहेकाले यहाँका गाईको माग बढेको बताउनुभयो ।

जिल्लाबाट वार्षिक चार पाँच सय गाईका बाच्छी बाहिरी जिल्लामा निर्यात हुने गरेको छ भन्दै उहाँले कसैकसैले जानकारी नै नदिई पनि गाई लाने गरेका छन् तर हामीकहाँ चिकित्सकबाट प्रमाणित गराएर मात्र लाने गरिएको जानकारी दिनुभयो ।

चितवन जिल्लामा उन्नत नश्लको सिमोन प्रयोग गरी गाईका बाच्छी उत्पादन गर्न थालेपछि देशका विभिन्न क्षेत्रबाट यहाँका गाई र बाच्छीको माग बढ्न थालेको गीतानगरको अन्नपूर्ण गाई स्रोत केन्द्रका अध्यक्ष भागिरथ तिमिल्सिनाले बताउनुभयोे । उक्त केन्द्र २०६८ सालमा स्थापना भएको थियो ।

गीतानगरबाट ४६ जिल्लामा गाई र गाईका बाच्छी अन्नपूर्णले मात्रै पठाएको छ । जिल्लाबाट २५ हजारको हाराहारीमा गाईका बाच्छी पठाउने गरिएको छ । त्यो गाईले दैनिक २० लिटरसम्म दूध दिने तिमिल्सिनाको दाबी छ ।

चितवनमा अन्नपूर्ण सहकारी, लालीगुराँसलगायत फार्मले गाईका बाच्छी उत्पादन गर्छन् । जिल्लामा ४०० भन्दा बढी गाई फार्ममा नै पाल्ने गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

चितवनबाट सिन्धुलीमा मात्रै २०० बाच्छी बिक्री

चितवनबाट सिन्धुली जिल्लामा मात्रै झण्डै २०० गाईका बाच्छी बिक्री भएको छ । सिन्धुली जिल्ला पसु सेवा कार्यालयले संस्थागतरूपमै किसानलाई गाई खरिदमा अनुदान दिएर चितवनबाट लगेको हो ।

एउटा गाई खरिद गरेर लाने किसानलाई कार्यालयले रु १० हजार अनुदान दिने गरेको पशु सेवा कार्यालय प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो ।

चितवनको पशु सेवा कार्यालयका प्रमुख भएर सिन्धुली जानुभएका कार्कीले चितवनका किसानसँग समन्वय गरेर गाई खरिद गर्नुभएको हो ।

“सिन्धुलीमा सम्भावना भएर पनि गाईपालन न्यून छ, उत्पादनले जिल्लामै पुग्दैन, डा कार्कीले भन्नुभयो, आफू चितवनमा पनि काम गरिसकेकाले उन्नत गाई ल्याउन सिफारिस गरेको हुँ ।” । गत वर्ष चितवनबाट सिन्धुलीमा १८९ वटा बाच्छी लगिएको र तीनको बीमा गराएर आवश्यक प्राविधिक सहयोगसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group