ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जकोमा आजदेखि अश्वमेध गायत्री महायज्ञ शुरु


एबीसी न्यूज

बीरगंज १९ फागुन । वीरगञ्जको अर्दशनगर रंगशालामा आजदेखि अश्वमेध गायत्री महायज्ञ शुरु भएको छ ।
आज बीरगंजको घण्टाघर स्थित विपी उधानबाट महिलाहरुले कलश यात्रा लिएर वीरगञ्जको अर्दशनगर रंगशालामा पुगेपछी अश्वमेध गायत्री महायज्ञ शुरु भएको हो ।

अश्वमेध गायत्री महायज्ञको देव सँस्कृति विश्वविद्यालयका कुलाधिपति एवं अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा प्रणव पाण्ड्याले महायज्ञ स्थलमा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।

खराब मौसमका कारण राष्ट्रपति विद्यादेवी भण्डारी आउन नसकेपछि महायज्ञको उद्घाटन डा। पाण्ड्याले गरेका हुन । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डा उपेन्द्र महतोले राष्ट्रपति विद्या भण्डारीले पठाएको सन्देश पढेर सुनाएका थिए ।

सन्देशमा भण्डारीले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेध महायज्ञले जीवन मुल्य र अत्याध्म अनुशासन कायम गर्ने विश्वास व्यक्त गरिएको छ ।
महायज्ञको उद्घाटन गर्दै डा पाण्ड्याले गायत्री मन्त्रोच्चारण सहित हुने महायज्ञले मानिसमा क्रान्तिकारी अध्यात्मीक चिन्तन बढ्ने बताउनु भयो । त्यस अवसरमा पाण्ड्यालाई नेपाली टोपी र रुद्राक्षको माला लगाएर आयोजकले सम्माने गरिएको थियो ।

२ सय ५१ कुण्डीय भव्य यज्ञशाला निर्माण गरिएको महायज्ञमा देव सँस्कृति दर्शाउने प्रदर्शनी राखिएको छ । शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकहरुले वैदिक मन्त्रको साथमा ४ दिनसम्म हवन यज्ञ गर्नेछन् ।
भेली बिहानै देखी उक्त महायज्ञ स्थालमा बनाईएको २ सय ५१ वटा हवन कुण्डको बिधिवक रुपमा पुजा आजा गरिने छ ।

युग संगीत, सत्सँग एवं साँस्कृतिक कार्यक्रमका साथै १६ प्रकारका सँस्कार निःशुल्क गर्ने व्यवस्था मिलाईएको छ । पुस्तक मेला, चित्र प्रदर्शनी समेत राखिएको छ ।

महायज्ञको पहिलो दिन आज बीरगंजको घण्टाघरबाट करिव दश हजारको संख्यामा कलश लिएर महिलाहरु विशाल कलश यात्रा समेत निकालिएको थियो ।

यात्रामा नगर तथा बिदेशबाट आएका उल्लेख्य महिलाहरुले सहभागिता जनाएका थिए । महायज्ञ चार दिन सम्म चल्ने छ । बीरगंज महानगर क्षेत्रमा चारदिनसम्म माछा, मासुमा प्रतिबन्ध लगाइनुको साथै विद्यालयहरु पनि पूर्णरुपले बन्द गरिएको छ ।

यज्ञमा सहभागीहरुको स्वागत यज्ञ आयोजक समितिका संयोजक तथा बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com