ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छठ पर्व नजिकिँदै जाँदा बाँसको सामग्रीको अत्यधिक बिक्री


admin

गौशाला, १९ असोज । मिथिलाञ्चलवासीको महान् पर्व छठ नजिकिँदै जाँदा तराई मधेशमा छठ पर्वलाई लक्षित गर्दै डोम जातिले बाँसको चोयाबाट बनाएका सामग्रीको बजार महोत्तरीमा फस्टाएको छ ।

कडा मेहनत र लगनसाथ छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी (ढकिया), सुप, नाङ्लो, टपरी लगायतका बाँसका सामग्री अत्यधिक रुपमा बिक्री भइरहेको छ । उनीहरूले बनाएका यिनै सामग्रीमा छठ पर्वमा धूप, अगरबत्ती, मिठाई र फलफूल राखेर पूजा गरिने चलन छ ।

डोमले बनाएका बाँसको सामग्री जिल्लाको सदरमुकाम जलेश्वरसहित मटिहानी, गौशाला, रामगोपालपुर, सम्सी, बलवा, औरहीलगायत जिल्लाको विभिन्न बजारमा बिक्री भइरहेको छ । तराई मधेशमा परम्परागत रूपमै हस्तशिल्पकलामा मेहत्तर वा मल्लिक भनेर चिनिने डोम जातिलाई कुशल मानिन्छ ।

महान् चाड छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रहेको बाँसका सामग्रीको माग बढी भएकाले सो पेशा फस्टाउँदै गएको छ । केही वर्षदेखि मिथिलाञ्चलमा मात्रै नभएर देशको राजधानी काठमाडौँ र हेटौँडा, पोखरा लगायतका स्थानमा पनि छठ पर्व मनाउन थालिएकाले यहाँ (महोत्तरी)मा बनाइएका बाँसको सामग्री छठ पर्व मनाइने काठमाडाँै, पोखरा, हेटाँैडा, जनकपुर र विभिन्न भारतीय शहरमा पनि निर्यात हुने गरेको छ ।

डोम जातिले प्रतिपरिवार खर्च कटाएर छठ पर्वका बेला दुई÷तीन लाखसम्म आम्दानी गर्ने गर्दै आएका छन् । यस वर्ष कात्तिक ९ गते मिथिलाञ्चललगायत देशभरि छठ पर्व मनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com