ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोष्टर म्युजिक अवार्ड –२०७५ लाइफ टाइम एचिभमेन्ट सुरेन्द्र महर्जनलाई


एबीसी न्यूज
फाल्गुन १८, २०७५ शनिबार  १ : ३६ बजे


 

काठमाडौं,१८ फगुन । नेपाली गीत, संगीत, नेपाली भाषा साहित्य र कला एवं कलाको विकासकोलागि राजधानीमा एक समारोह बीच बोष्टर म्युजिक अवार्ड ( २०७५ को आयोजना गरिएको छ ।

बोष्टर म्युजिक अवार्डका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं वरिष्ठ गीतकार एसपी कोइरालाले गीत संगीत एवं साहित्यको विकासमा बोष्टर म्युजिकलाई सफलताको कामना गर्नु भयो ।

This image has an empty alt attribute; its file name is 52908618_663696667379637_1144375962796818432_n-1.jpg

लामो समयदेखि नेपाली भाषा, साहित्य र चित्रकारीतामा विगत तीन दशकदेखि लाग्नु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमर लाई एक समारोहबीच कार्यक्रममा बोष्टर म्युजिक लाइफ टाइम एचिभमेन्ट अवार्ड(२०७५ बाट सम्मान गर्नुभयो ।

नेपाली साहित्यका एक चम्किलो तारा जो कवि भएर पनि गीतकार, गीतकार भएर पनि चित्रकार हरेक विधामा उतिकै सक्रिय कलाकारिता, सामाजिक योगदान, साहित्य लेखन एवं कला साहित्य र संगीतको माध्यमबाट मुलुकको साँस्कृतिक क्षेत्रमा उहाँले गरेको अमूल्य योगदानको कदर गर्दै कवि, गीतकार, गायक, एवं साहित्यकार सुरेन्द्र महर्जनलाई सम्मानित गरेकोमा आयोजक र साहित्यकार सुरेन्द्र महर्जन अमरलाई प्रमुख अथितिले सफलताको कामना व्यक्त गर्नुभयो । अमरका कविता संग्रह, उपन्यास, गीति कविता, हाइकु, नाटक, गीति एल्बम आदि दुई दर्जन कृति प्रकाशित छन् ।

कार्यक्रममा ४१ विद्यामा उत्कृष्ट हुनुभएका उत्कृष्ट राष्ट्रिय गीतबाट संगीतकार सन्तोष श्रेष्ठ, उकृष्ट मोडेल सनम कथयाल, आधुनिक मोडल अमन श्रेष्ठ, लगायत
सबैलाई अवार्ड र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रमको सुरुमा पानसमा दीप बालिएको थियो भने ताप्लेजुङको पाथीभरा नजिकै सिस्ने भीरमा हेलिकप्टर दुर्घटनामा परी असामयिक निधन भएका सम्पूर्ण मृतकप्रतिको सम्झनाम एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमका संयोजक, निर्णायक समितिमा माधव निर्दोष रहेको उक्त कार्यक्रममा गीतकार एवं कवयत्री राधिका घिमिरेबाट कार्यक्रम संचालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com