ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसको सभापति तथा प्रधानमन्त्री बन्ने लक्ष्य राखेको थिएँ : पूर्व राष्ट्रपति यादव


एबीसी न्यूज

काठमाडौँ, १४ फागुन । पूर्व राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालिन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै आफूले राजनीति गर्दा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताउनुभएको छ । 

सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार र नेसनल ल कलेजका संस्थापक प्रमुख तथा कार्यकारी निर्देशक डा. रामकृष्ण तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको आज ललितपुरमा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले वर्तमान संविधान आधुनिक र काम गर्न सक्ने संविधान भएकाले सोही आधारमा सङ्घीय गणतन्त्रात्मक समावेशी, धर्मनिरमेक्ष लोकतन्त्रलाई निरन्तर कायम गर्न सकिनेमा जोड दिनुभयो । 

उहाँले नेपालको इतिहासका कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको बताउँदै आमसञ्चार, नागरिक समाज र चेतनशील समूदायले पनि अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पूर्व राष्ट्रपति यादवले संविधानसभामार्फत हतारमा एक मुष्ट रूपमा संविधान पारित गर्नुपर्ने अवस्था बनेको सम्झदै कानुनजस्ता कुरालाई पर्याप्त समय दिएर छलफल गरेर अन्तिम रूप दिनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । 

करिब ३०० पृष्ठको पाँच खण्डमा विभाजित र न्यायालयमा करिब ३१ वर्षको अनुभव समेटिएको पुस्तक विमोचनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले बङ्गलादेशमा समेत प्रयोग हुन छोडेको बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने कुरामा आफू सहमत नभएको बताउँदै बहुदलीय प्रणाली भएको मुलुकमा स्वतन्त्र व्यक्तिको सरकार बन्ने र बहालवाला प्रधानन्यायाधीश सरकारप्रमुख बन्ने कुरा प्रजातान्त्रिक नभएको दाबी गर्नुभयो । 

सात जना पूर्व प्रधान न्यायाधीशसँग रजिस्ट्रारको रूपमा काम गर्दा उहाँहरूको व्यक्तित्व समेतका विषयमा लेखिएको पुस्तकका सम्बन्धमा पूर्व प्रधान न्यायाधीश मीनबहादुर रायमाझीले सर्वोच्च अदालतमा काम गर्दा आफूलाई थाहा नभएको विषयमा समेत जानकारी समेटिएको उल्लेख गर्नुभयो । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनी क्षेत्रको पनि साहित्य हुने र साहित्यले कानून जस्तो निरस विषयलाई पनि सहयोग गर्नसक्ने विषयमा बहस हुनुपर्नेमा जोड दिँदै सुशासन, विकास, कानुनी राज्य तथा लोकतन्त्रले सँगै काम गर्नुपर्ने बताउनुभयो । 

पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले अदालत प्रशासन र न्याय प्रशासन निकै जटिल विषय भएको बताउँदै आजको अदालतको अवस्था निकै भिन्न भएको र नयाँ पुस्ताले नै अदालतप्रति जनआस्था कायम गर्नसक्ने र त्यसको गरिमा जोगाउनसक्ने धारणा व्यक्त गर्नुभयो । उद्योगपति तथा समाजसेवी डा.उपेन्द्र महतोले हरेक व्यक्तिको मनमा अदालत हुने र त्यो अदालतले भनेको कुरा सुन्दा बाहिरको अदालत आवश्यक नपर्ने बताउनुभयो । 

पुस्तकका समीक्षक, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य तथा पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधरले हाल सुरक्षाकर्मी, पूर्व प्रशासक, राजनीतिज्ञ सबैमा आत्मकथा लेख्ने चाहना बढेको बताउँदै न्यायालयमा बस्नेले पनि जीवनी लेख्दा कठिनाइ आउनसक्ने बताउनुभयो । फ्रिडम फोरमका प्रमुख तथा नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दहालले उक्त कृति आत्मकथा नभई अनुभवको मिश्रण भएको बताउँदै ‘न्यायपालिकामा क्षमता भएका व्यक्तिलाई किन अवसर दिइँदैन प्रश्न गर्नुपर्छ’ भन्नुभयो । 

विमोचित पुस्तकका लेखक डा. रामकृष्ण तिमल्सेनाले जीवनलाई विदेशी भाषा सिकाइसँग तुलना गर्दै आफ्नो ब्रह्मले देखेका कुरा लेखेको बताउनुभयो । पुस्तक प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले छायाँ लेखनको इतिहास ३०० वर्षको भइसकेको बताउँदै प्रत्येक व्यक्ति आफैँमा महापुरुष भएकाले उसले आफैँ वा छायाँ लेखनका माध्यमबाट आफ्नो अुनभव पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । लेखकका परिवारका सदस्यको रूपमा पुष्पा पोखरेलले यसै पुस्तकबाट लेखकका अन्य आयाम तथा न्यायापालिकाको अवस्थाबारे थप बुझ्न सकिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com