ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्र्यानिक तरकारीखेतीबाट लाभ लिँदै गड्यौँलापालक किसान


admin
आश्विन १६, २०७४ सोमबार  ६ : १२ बजे

कञ्चनपुर, १६ असोज । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका इन्द्रेणी कृषि सहकारी संस्थामा आबद्ध गड्यौँलापालनमा संलग्न किसान अग्र्यानिक तरकारीखेती गरी आम्दानी लिन थालेका छन् ।

सहकारीद्वारा गठित पाँच वटा समूहमा आबद्ध ७५ किसानमध्ये ४८ जना अग्र्यानिक तरकारीखेतीमा संलग्न छन् । यहाँका किसानले रासायनिक मल र विषादी विस्थापन गरी घरमै गड्यौँला पालेर तयार पारिएको मल र जैविक विषादीबाट तरकारीखेती गर्दै आएका छन् ।

गड्यौँलाको सेड निर्माण र चाराका लागि समूहमा व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले सहयोग गरेको छ । आयोजनाले गड्याँैला पालन र तरकारीखेतीका लागि रु २५ लाख ९४ हजार ३०० रकम अनुदानस्वरुप उपलब्ध गराएको सहकारीका बजारमुखी तरकारी उत्पादन उपआयोजनाका अध्यक्ष शिवराज भट्टले बताउनुभयो ।

समूहमा आबद्ध घोर्सुवा, सुडा र सुन्दरपुरका किसानले उत्पादन गरेको अग्र्यानिक तरकारी रासायनिक विषादीको प्रयोग भएको तरकारीको तुलनामा १० प्रतिशत बढी महँगो हुने गरेको छ ।

“अग्र्यानिक तरकारी स्वास्थ्यवद्र्धक भएकाले महँगो भए पनि माग अधिक छ,” अध्यक्ष भट्टले भन्नुभयो ।

स्थानीय सुन्दरपुरका किसान गंगाराम पन्तले अग्र्यानिक तरकारीखेतीबाट वार्षिकरुपमा रु दुई लाख बढी आम्दानी हुने गरेको बताउनुभयो ।

अग्र्यानिक तरकारीखेतीबाट उत्पादित तरकारी व्यापारीले सहजै बारीबाटै खरिद गरेर लाने गरेको उहाँले बताउनुभयो । केही तरकारी महेन्द्रनगर, सुडा, सिसैयालगायतका बजारमा बिक्री हुने गरेको छ ।

अग्र्यानिकरुपमा लौका, फर्सी, भिण्डी, पिरो खुर्सानी, गोलभेँडा, बोडी, प्याज, काँक्रा, घिरौँला यहाँका किसानले उत्पादन गर्दै आएका छन् ।

अग्र्यानिक तरकारीखेतीमा संलग्न किसानको दक्षता वृद्धि गर्न आइपिएम कृषक पाठशाला, व्यावसायिक तरकारीखेती, गड्यौँला मल उत्पादन र प्लास्टिक टनेलमा तरकारीखेती गर्ने तरिकाबारे सहकारीले तालीम दिँदै आएको छ ।

व्यावसायिक तरकारीखेती गर्दै आएका यहाँका एकजना किसानले वार्षिकरुपमा रु एक लाखदेखि रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् । वार्षिकरुपमा यहाँका किसानले ५०० टनभन्दा बढी तरकारी उत्पादन गर्दै आएका छन् जसको बजार मूल्य रु एक करोडभन्दा बढी हुने गरेको छ ।

किसानलाई सहयोग पु¥याउन पावर टेलर, स्प्रेयर टंकी, तराजु, तरकारी क्रेट, डिजिटल तराजु निःशुल्करुपमा उपलब्ध गराउनाका साथै जिल्ला बाहिरका किसानले गरेको प्रगतिबारे जानकारी दिन अध्ययन अवलोकन भ्रमणमा समेत सहकारीले लाने गरेको छ ।

किसानलाई तरकारी बिक्रीमा सघाउन तरकारी संकलन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ । विसं २०६८ मा स्थापना भएको यो सहकारीमा २६४ सदस्य आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com