ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राससमा आँखा शिविर


एबीसी न्यूज
फाल्गुन ६, २०७५ सोमबार  ३ : ५६ बजे


काठमाडौँ – उच्च रक्तचाप र मधुमेहका रोगीको आँखाको नशा साँघुरो हुने हँुदा प्रत्येक तीन÷तीन महीनामा जाँच गर्न चिकित्सकले सल्लाह दिएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) को ५८औँ वार्षिकोत्सवका अवसरमा आज रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित निःशुल्क आँखा शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका चिकित्सकहरुले यस्ता बिरामीले नियमित आँखा परीक्षण नगर्दा पछि पूर्णरुपमा आँखा नदेख्ने समस्या आउने भएकाले नियमित परीक्षण गर्न आग्रह गर्नुभयो । 
आँखा चिकित्सक डा तोषिका दाहालले अहिले अस्पतालमा आँखाको नयाँ रोगका बिरामी नआए पनि काठमाडौँका धुलोका कारण आँखा चिलाउने समस्याका बिरामी बढी आउने गरेको बताउनुभयो । नेपाल आँखा अस्पतालमा अहिले दैनिक ५०० बिरामी आँखा परीक्षण गरिरहेका छन् । 

आँखामा आउन सक्ने समस्यालाई कम गर्न प्रत्येक छ छ महीनामा छ वर्षभन्दा माथि उमेर समूहकाहरुले नियमित परीक्षण गर्नुपर्ने अस्पतालका अर्का चिकित्सक डा कल्याण ढुङ्गानाले भन्नुभयो । 

बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्म चलेको शिविरमा राससका अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, बोर्ड सदस्य दयाराम दाहाल, प्रधान सम्पादक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराई, प्रशासन शाखा प्रमुख उत्तम सिल्वाललगायत कर्मचारी र तिनका परिवारसहित १३२ जनाले आँखा परीक्षण गराउनुभयो । 

राससले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज केन्द्रीय कार्यालय परिसरमा शिविर चलाइएको थियोे । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यही फागुन ३ गते विशेष कविगोष्ठी तथा अन्य दिन बुद्धिचाल, हाजिरीजवाफ, हाँडी फुुटाउने कार्यक्रम सम्पन्न भइसकेको छ । फागुुुन ७ गते राससको ५८औँ वार्षिकोत्सव मनाइँदैछ । 

रासस राज्यको आधिकारिक, विश्वसनीय सन्तुलित तथा तथ्यपूर्ण समाचार उपलब्ध गराउने संस्था हो । विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार संस्था नेपाल संवाद समिति तथा सगरमाथा संवाद समिति गाभिएर राष्ट्रिय संवाद समिति स्थापना भएको हो । नेपाली जनतालाई सुसूचित गराउन राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजीमा राष्ट्रिय– अन्तरराष्ट्रिय समाचार, आलेख, तस्बीर र श्रव्य सेवा प्रवाह गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com