ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण – अर्थमन्त्री डा. खतिवडा


एबीसी न्यूज
माघ २९, २०७५ मंगलबार  १ : ०१ बजे

काठमाडौं, २९ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक तथा पूर्वाधार क्षेत्रको स्तरवृद्धिका लागि लगानी बढाउनुपर्ने बताउनुभएको छ । आज राजधानीमा नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले सबै पूर्वाधारको विकासका लागि सडकमा लगानी अति महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले मुलुकको विकासका लागि पूर्वाधार क्षेत्रमा लगानी अपरिहार्य भएको बताउँदै सामाजिक तथा पूर्वाधार क्षेत्रको स्तरवृद्धिका लागि लगानी बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सडकमा प्रयाप्त लगानी भएमा मात्र अन्य पूर्वाधार विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायतका क्षेत्रमा उल्लेख्य विकास हुने स्पष्ट पार्नुभयो ।

आम नागरिकले घरबाट बाहिर निस्किने बित्तिकै राम्रो सडक होस् भन्ने चाहनासहित आरामदायी यात्रा गर्न खोज्नु स्वभाविक भएको भन्दै उहाँले त्यसका अतिरिक्त विद्यालय, स्वास्थ्य चौकी जान पनि बाटो चाहिने भएकाले यातायातमा सरोकारवाला निकार्यले उच्च प्राथमिकतामा गुणस्तरीय लगानी गर्नुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका १७ लक्ष्यमध्ये नवौँ लक्ष्य पूर्वाधारलाई मानेको भन्दै उहाँले व्यापारिक लागत घटाउन पनि राम्रो पूर्वाधार निर्माण हुनुपर्ने बताउँनुभयो । व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण हुनुपर्ने भन्दै कृषि तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक विकास अनिवार्य भएको तर्फ सरकारको उच्च प्राथमिकता रहेको बताउँनुभयो ।

यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै मन्त्री खतिवडाले रेलवे तथा पानीजहाजको विकासका लागि पनि काम भैरहेको जानकारी दिनुभयो । सहज यातायातका लागि सम्पूर्ण क्षेत्रले आफ्नो स्तरबाट काम अघि बढाएमा मुलुक छि¤ै आर्थिक विकास र समृद्धिको लक्ष्यमा अघि बढ्न सहयोग मिल्ने धारणा उहाँको छ ।

उहाँले संरचनालाई लागत र वातावरणमैत्री बनाउने, खर्चको व्यवस्थापन गरी स्थापना भएका संस्थालाई भूमिका के हुन्छ भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरुरी भएको भन्दै व्यवस्थापनलाई सघाएर विकासमा जादाँ सहभागिता मुलक पक्षमा समेत जोड दिएमा विकासले छिटो गति लिने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले युवा पुस्तालाई व्यवस्थापन र नेतृत्वमा जिम्मेवारी दिई काम सुरु गरिदाँ नतिजा छिटो आउनेमा समेत जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com