ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपिएलमा घरेलु टोली पराजित


एबीसी न्यूज
माघ २९, २०७५ मंगलबार  ७ : ५८ बजे


धनगढी, २९ माघ ।  रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन आज भएका दुई खेलमा काठमाडौँ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्सले विजयी शुरुआत गरेका छन् । 

दुई घरेलु टोली धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेड भने पहिलो खेलमा पराजित भएका छन् । काठमाडौँले धनगढीलाई चार विकेटले हराउँदा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाइटेडमाथि दुई रनको रोमाञ्चक जीत दर्ता गरेको हो । 

धनगढीले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा लक्ष्य पूरा ग¥यो । काठमाडौँलाई महत्वपूर्ण जीत दिलाउने क्रममा गौरभ तोमरले २८, अनिलकुमार शाहले २४ तथा अङ्कित दवासले २९ रनको पारी खेले । धनगढीका लागि रोहन मुस्तफाले चार विकेट लिए । आमीर हायत र विपीन कार्कीले पनि समान एक–एक विकेट हात पारे । 

ज्ञानेन्द्र मल्लको कप्तानीको काठमाडौँ गोल्डेन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सोमपाल कामीको कप्तानीको धनगढीले २० ओभरमा पाँच विकेट गुमाएर १३२ रन बनाएको थियो । ओपनरद्वय सुनिल घमला र रोहन मुस्तफालाई सस्तैमा गुमाएको धनगढीले यसपछि तेस्रो विकेटका लागि अमित श्रेष्ठ र सन्दीप रजालीबीच ५२ रनको साझेदारी भएको थियो । 

अमित श्रेष्ठले प्रतियोगिताको पहिलो अर्धशतक बनाए । ५० बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए । सन्दीपले २८ रनको पारी खेले । पवन सरार्फले १९ तथा शौरभ खनालले अविजित रहँदै २५ रन बनाए । काठमाडौँका लागि नन्दन यादवले दुई विकेट लिए भने ललित राजवंशी र अङ्कित दवासले समान एक–एक विकेट लिएका थिए । 

दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १०९ रन मात्रै बनाउन सक्यो । टोलीका आनन्द सुब्रमनियनले २५ र रोहित पौडेलले २४ रन बनाए । कप्तान शरद भेषावाकर चार, कुशल मल्ल नौ, आरिफ शेख पाँच र सिद्धान्त लोहनी चार रनमा आउट भए । 

रुपन्देहीका विक्रम सोवले तीन ओभरमा २४ रन खर्चेर तीन विकेट लिए । त्यस्तै पुनित मेहराले दुई तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीले सबै विकेट गुमाउँदै १११ रन बनायो । रुपन्देहीका लागि सुमित महर्जनले २७ रन बनाए । यस्तै प्रदीप ऐरी एक, सन्दीप सुनार १५, बाबर हायत १४, विनोद भण्डारी १९, पुनित मेहरा तीन, भीम सार्की दुई रन बनाउँदै आउट भए । 

यस्तै कप्तान वसन्त रेग्मी र ललितसिंह भण्डारी शून्यमा आउट भए भने कृष्ण कार्कीले चार रन जोडे । विक्रम साव १० बलमा १६ रन बनाउँदै अविजित रहे । महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । सागर ढकाल र अविनाश बोहराले दुई दुई विकेट लिए । कप्तान शरद भेषावकरले एक विकेट लिए । लिगअन्तर्गत भोलिको पहिलो खेलमा धनगढी स्टार्स र सिवाइसी अत्तरिया प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com