ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा


एबीसी न्यूज
माघ २८, २०७५ सोमबार  ९ : ४४ बजे

This image has an empty alt attribute; its file name is chor.jpeg

साँखु, २८ माघ ।  महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । 

माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नंको पल्सर, गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नंको २०० सिसीको मोटरसाइकल हराएको थियो । 

त्यस्तै सोही मितिमा गोकर्णेश्वर नगरपालिका माकलबारीबाट बा७०प ७२५४ नंको एनएसपल्सर र बा२९प ५१२१ नंको मोटरसाइकल चोरी भएको थियो । 

प्रहरीले गोप्य सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–९ भगवतीचोक नजिक रहेको छोरोल्पा गलैँचा कारखानाको परिसरभित्र लुकाएर राखेको उक्त चारैवटा मोटरसाइकलसहित तीनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । 

चोरीमा संलग्न सर्लाही हरिवन नगरपालिका–१ घर भई जोरपाटी अत्तरखेल बस्ने २८ वर्षीय भोजबहादुर योञ्जन, सोही ठेगाना भएका १८ वर्षीय रामबहादुर योञ्जन र हरिवन नगरपालिका–६ स्थायी घर भई काठमाडौँ बस्ने मदन लामालाई प्रहरीले पक्राउ गरी आइतबार चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ । 

त्यस्तै माघ १३ गते गोकर्णेश्वर नगरपालिका–६ बेँसीगाउँबाट हराएको बा५३प ४०७४ नंको पल्सर मोटरसाइकलसहित चुच्चेपाटीबाट प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । 

मोटरसाइकल चोरी गरेर फरार रहेका दोलखा घर भई गोकर्णेश्वर–८ बस्ने १९ वर्षीय निमासाङ्गे शेर्पा र ललितपुर महाँकाल गाउँपालिका घर भई गोकर्णेश्वर बस्ने १६ वर्षीय सुजन तामाङविरुद्ध मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । 

पार्किङ गरिराखेको मोटरसाइकल चोरी गरेको भन्दै रामेश्वर महतो, मिङ्मार शेर्पालगायत अन्य सवारीधनीले निज अभियुक्तविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com