ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् चुहावट नियन्त्रणमा सफलता


admin
माघ २३, २०७५ बुधबार   १ : ३६   बजे

काठमाडौं, २३ माघ । लामो सयमदेखि विकराल समस्याका रुपमा रहेको विद्युत् चुहावटलाई गुणात्मकरुपमा घटाउन नेपाल विद्युत् प्राधिकरण सफल भएको छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महीनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा सीमित भएको छ । 

प्राधिकरणले चालू आवमा १८.५० प्रतिशत विद्युत् चुहावट सीमित गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७४-७५ को अन्त्यमा प्राधिकरणको प्रणालीमा २०.४५ प्रतिशत विद्युत् चुहावट रहेको थियो । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत् चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको थियो । 

सरकारको स्पष्ट निर्देशन, प्राधिकरणको प्रभावकारी एवं व्यावहारिक कार्यान्वयन तथा सुरक्षाकर्मीको सक्रिय सहयोगका कारण चुहावट नियन्त्रणमा ऐतिहासिक सफलता मिलेको हो । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् चुहावट नियन्त्रणका लागि श्वेतपत्रमार्फत स्पष्ट निर्देशन दिएको थियो । गत वैशाखामा जारी गरिएको श्वेतपत्रमा चुहावट घटाउनु पनि ऊर्जा उत्पादन गरेसरह हुने भन्दै प्रभावकारीरुपमा काम गर्न प्राधिकरणलाई आवश्यक सहजीकरण गरिरहेको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकैरुपमा चालिएका कदमले विद्युत् चुहावटमा ऐतिहासिक सफलता मिलेको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले २५.७८ प्रतिशत रहेको चुहावटलाई घटाएर न्यून बिन्दुमा ल्याउन सफलता मिलेको बताउनुभयो । 

आव २०७२-७३ मा २५.७८ प्रतिशत चुहावट रहेकामा आव २०७३-७४ मा २२.९ मा झरेको थियो । चालू आवको बाँकी अवधिमा पनि अभियानात्मकरुपमा नै चुहावट नियन्त्रण गर्ने योजनामा प्राधिकरण लागेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवाअन्तर्गतका कर्मचारी दिन–रात नभनी खटिएका कारण पनि चुहावट नियन्त्रणमा ऐतिहासिक सफलता मिलेको हो । प्राधिकरणका अनुसार करीब १० प्रतिशतको चुहावट नियन्त्रण मात्रै हुनसक्यो भने वार्षिक रु सात अर्ब थप आम्दानी गर्नेछ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् चुहावट घटाउने, संस्थाभित्रको आर्थिक तथा प्रशासनिक बेथिति नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्नेलगायतका निर्देशन प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । गृह, ऊर्जामन्त्री तथा सचिव, प्रहरी महानिरीक्षक लगायतको संयुक्त बैठकले बैठकले विद्युत् चोरी नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीलाई व्यापकरुपमा परिचालन गर्ने निर्णय गरेको थियो । 

विद्युत् चोरी नियन्त्रण अभियानमा गृृह मन्त्रालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायबाट निरन्तर साथ र सहयोग पाइरहेका कारण पनि ऐतिहासिक सफलता मिलेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

काठमाडौँ क्षेत्रीय कार्यालयको गत वर्षको चुहावट ७.९४ प्रतिशत रहेकामा चालू आवको पाँच महीनामा घटेर ७.७९ प्रतिशत घटेको छ । यस्तै भक्तपुर वितरण केन्द्रको चुहावट दुई वर्षअघि करीब ४० प्रतिशत रहेकामा अहिले पछिल्लो समयमा घटेर १३.७२ प्रतिशतमा सीमित भएको छ । 

लगनखेल वितरण केन्द्रको दुई वर्षअघि करीब १५ प्रतिशत रहेको चुहावट घटेर ६.४१ मा झरेको छ । हेटौँडा क्षेत्रीय कार्यालय मातहतका कार्यालयको चुहावट १३.९१ प्रतिशत रहेकामा पछिल्लो दिनमा घटेर ६.६६ प्रतिशतमा झरेको छ । 

उद्योग करिडोर रहेको वीरगञ्ज, सिमरा र हेटौँडा वितरण केन्द्रले चुहावट घटाएका कारण हेटौँडा क्षेत्रीय कार्यालयको चुहावटमा उल्लेख्य गिरावट आएको हो । गत असारसम्म १०.७२ प्रतिशत रहेको चुहावट गत मङ्सिरसम्ममा घटेर २.५० मा झरेको छ । दुई वर्षअघि ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रको अहिले घटेर ३९.९५ प्रतिशतमा झरेको प्राधिकरणले उपलब्ध गराएको विवरणमा समावेश छ । 

विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४.५१ प्रतिशत रहेकामा घटेर ११.६१ प्रतिशतमा सीमित भएको छ । कूल १४.१४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३.२८ प्रतिशत, पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११.४१ प्रतिशत रहेकामा घटेर ८.६१ प्रतिशतमा सीमित भएको छ । 

जनकपुर, नेपालगञ्ज र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट पनि उल्लेख्य मात्रामा घटेको छ । प्राधिकरणले दुई वर्षमा पाँच हजार थान ट्रान्सफर्मर थप गरेको छ भने अगामी एक वर्षमा थप १० हजार थान थप्ने लक्ष्य राखेको छ । 

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि अभियानात्मकरुपमा नै काम गरिरहेको छ । त्यस्तै मिटर लिन प्रोत्साहित गर्न सुकुम्बासीलाई पनि मिटर सहजरुपमा दिने, स्थानीय तहको सिफारिशबिना नै मिटर जडान गर्ने, अति विपन्नलाई निःशुल्क मिटर वितरण गरेका कारण चुहावट नियन्त्रणमा सफलता मिलेको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group