ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक स्रोत परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल हुर्दैन : अर्थमन्त्री खतिवडा


admin
माघ २२, २०७५ मंगलबार   ५ : ०२   बजे

काठमाडौं, २२ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्र बैंक र वित्तिय संस्थाहरुले वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।

आज अर्थ मन्त्रालयमा सम्पन्न उच्च स्तरीय वित्तिय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडी बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरु सहकार्य गरेर काम गर्न निर्देशन दिनुभएको हो ।

उहांले आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल नहुने भन्दै बाह्य स्रोत परिचालन र प्रर्वद्धनमा समेत ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभयो । प्रत्यक्ष वैदेशिक लगानीका आवेदनलाई यथाशक्य छिटो सम्बोधन गर्नुका साथै बैंकहरुलाई विदेशी स्रोत परिचालनमा थप सहजीकरया गर्न आवश्यक भए सो तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपाल, बैंक अफ एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिषदुका पदाधिकारी सहभागी भएको बैठकमा मन्त्री खतिवडाले मौद्रिक नीतिको अर्थ बार्षिक समिक्षामा आधार व्याजदर र निक्षेप तथा कर्जामा लिने व्याजदरको फरकको बारेमा अध्ययन गरी यस तर्फको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

राष्ट्र बैंकले छोटो अवधिका लागि मात्र नभई दिर्घकालिन रुपमा लगानीको वातावरण तयार गर्नुपर्ने उहाँको जोड् छ । उहाँले बैंक तथा वित्तिय संस्थाहरुलाई औद्योगिक प्रर्वद्धन मैत्री बनी समय सापेक्ष साधन परिचालन गर्न समेत निर्देशन दिनुभयो ।

वित्तिय संस्थाले सेवा र व्यवहारमुखी भएर लगानी गर्न सकेमा सबैको हितमा हुने मन्त्री खतिवडाको भनाई छ ।

बैठकमा वित्तिय क्षेत्रमा देखा परेका समस्या र अव्यवस्थित व्याजदरका साथै विरगञ्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रका व्यवसायी उद्योगीले गरेको हड्ताल समाधान गर्ने विषयमा समेत छलफल भएको हो । उनीहरुले डिपोजिट व्याजदरको तुलनामा ऋणको व्याजदर नघटेको भन्दै अर्थमन्त्रीलाई वित्तिय क्षेत्रमा देखा परेका समस्या समाधान गर्न ध्यानार्कषण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group