ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाइने


admin
माघ २०, २०७५ आईतबार   १ : ४५   बजे

काठमाडौं,२० माघ ।  वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स सङ्घको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको बैठक बसेको हो । 

बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । संस्थागत निक्षेपकर्तालाई ८.५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो । त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो । त्यसआधारमा वाणिज्य बैंकहरुले ९.५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए । 

पछिल्ला दिनमा केही बैंकले निक्षेप नवीकरण गर्दा करीब दश प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका थिए । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार निक्षेपको नवीकरण गर्दा केही बढी ब्याज दिने सहमति भएको हो । 

केही बैंकले सङ्घको निर्णयका आधारमा भन्दा पनि आफैँले स्वतन्त्र निर्णय गर्ने भन्दै संस्थागत निक्षेपकर्ताको ब्याज बढी दिने घोषणा गरेका थिए । वाणिज्य बैंकमा ऋणयोग्य रकमको अभाव देखिँदै आएको छ । यस्तै कर्जा–पूँजी निक्षेप अनुपात पनि ८० प्रतिशत बढी रहेको छ । 

प्रभु बैंकले आठ प्रतिशत लाभांश दिने 

प्रभु बैंकले चुक्ता पूँजीको आठ प्रतिशत शेयर लाभांश दिने भएको छ । यसअघि बैंकले पाँच प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि बैंकले नयाँ लाभांश प्रस्ताव गरेको हो । 

नयाँ प्रस्तावअनुसार बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६५ करोड ८७ लाख १५ हजार ८८२ तथा त्यसमा लाग्ने करवापत रु रु तीन करोड ४६ लाख ६९ हजार २५७ नगद लाभांश वितरण गर्नेछ । 

गत पुस २२ गते प्रस्ताव गरिएको शेयर र नगद लाभांशमा भने केन्द्रीय बैंकले सुधार गरेर ल्याउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार प्रभु बैंकले संशोधित प्रस्ताव सार्वजनिक गरेको छ । उक्त प्रस्तावलाई राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाको निर्णयपश्चात् वितरण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group