ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ


admin
माघ २०, २०७५ आईतबार  ११ : ४९ बजे

काठमाडौं,२० माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ ।

यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ । भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले जनाएको छ । गएको पुस १८ गते निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले घटाएको थियो ।

जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँमा झरेको थियो भने यस्तै डिजल र मट्टितेलको भाउ ९५ रुपैयाँ प्रतिलिटरमा झरेको थियो । गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले बढाएर समायोजन गरेको आयल निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ । खाना पकाउने ग्यासमा अझै पनि निगमलाई प्रति सिलिण्डर ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित’

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन आग्रह

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com