
लहान, १७ माघ । जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई युवकलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुरपत्तारबाट खटिएको प्रहरी टोलीले जबर्जस्ती करणी मुद्दामा फरार नवराजपुर गाउँपालिका–३ निवासी २१ वर्षीय रामसेवक यादव र ज्यान मार्ने उद्योग मुद्दामा फरार सोही ठाउँ बस्ने १९ वर्षीय पङ्कज सदायलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई आजै जिल्ला अदालत सिरहामा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
लागुऔषध पक्राउ







प्रतिक्रिया दिनुहोस्