ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थी स्कूल नआए अभिभावकलाई फोन


एबीसी न्यूज

दुल्लु, १५ माघ ।  सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी स्कूल आए/ आएनन् भन्नेबारे विद्यालयका शिक्षकले खासै वास्ता गर्दैनन् । निजी विद्यालयले आफ्ना विद्यार्थी स्कूल नआए, स्कूल नआउनुको कारणबारे खोजी गर्ने गरे पनि सामुदायिक विद्यालयले त्यति चासो दिएको पाँइदैन । दैलेखका केही सामुदायिक विद्यालयले भने विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गरी नआउनुको कारणबारे सोध्ने गरेका छन् ।

गुराँस गाउँपालिका–६ पिलाडीस्थित आदर्श आधारभूत विद्यालय चौताराले नआउने बालबालिकाका अभिभावकलाई फोन गर्ने गरेको छ । अभिभावकलाई फोन गर्दा विद्यार्थीको नियमितता बढेको सो विद्यालयका प्रधानाध्यापक योगेन्द्र रानाले बताउनुभयो । विपन्न समुदायका बालबालिका नियमित विद्यालय नआउने गरेको पाइएको छ । फोन गर्दा विद्यार्थी विद्यालय आउन थालेको राना बताउनुहुन्छ । आर्थिक तथा पारिवारिक समस्याका कारण अधिकांश विद्यार्थी विद्यालय भर्ना भए पनि नियमित भने आउँदैनन् ।

विद्यार्थी कक्षामा नियमित उपस्थित नहुनुको कारणबारे विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव विकले बताउनुभयो । शिक्षक र अभिभावकको संयुक्त बैठकमा छलफल गरी समस्या समाधानका लागि पहल गरिने उहाँको भनाइ छ । विद्यालयमा झण्डै १५० विद्यार्थी अध्ययनरत छन् । सोही गाउँपालिकाको वडा नं ३ स्थित शान्ति माध्यामिक विद्यालयले पनि नियमित विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गर्ने गरेको प्रधानध्यापक विष्णु शर्माले बताउनुभयो । दलित तथा जनजाति बालबालिकाको बाहुल्यता रहेको उक्त विद्यालयमा विद्यार्थी नियमित विद्यालयन नआउने समस्या छ । अभिभावकलाई फोन प्रायः कक्षा शिक्षकले गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com