ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलोपल्ट राजधानीमा कफी लगानी सम्मेलन हुने 


admin
माघ १३, २०७५ आईतबार   ४ : ५०   बजे

  काठमाडौं,१३ माघ । कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महीनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने उद्देश्यले सम्मेलन हुन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग वार्षिक ८०० मेट्रिकटन भएपनि उत्पादन ५१३ मेट्रिकटनमा सीमित छ । बोर्डको आयोजना र युरोपेली सङ्घअन्तर्गत ‘टिपिएचडी’ को आर्थिक तथा प्राविधिक सहयोगमा सो सम्मेलन हुनेभएको हो ।

नेपालमा अराविका जातको कफी खेती हुन्छ । सो कफीको माग कोरिया, जापान, जर्मनी र अमेरिकाबाट धेरै भएको छ । मागलाई पूरा गर्न एवं कफीको उत्पादन बढाउन लगानी सम्मेलन अपरिहार्य भएको बोर्डका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।

नेपालका ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन् । आर्थिक वर्ष ०७४-०७५मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो । सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको कफी निर्यात गरिएको थियो भने रु छ करोड ५८ लाख ९१ हजार बराबरको आयात भएको थियो ।

गत तीन वर्षको तथ्याङ्क हेर्दा कफीको माग धेरै भए पनि उत्पादन कम देखिन्छ । आव ०७१।०७२ मा रु दुई करोड ४९ लाख ९१ हजारको निर्यात र नौ करोड ९१ लाख ७६ हजारको आयात भएको थियो ।

आव ०७२-०७३ मा निर्यात रु पाँच करोड ५४ लाख ४१ हजार र आयात रु १० करोड ७९ लाख थियो भने आव ०७३-०७४ मा निर्यात रु रु पाँच करोड चार लाख र आयात आठ करोड ४५ लाख ३८ हजारको भएको थियो ।
बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवदेखि आयातको तुलनामा निर्यात बढेको देखिन्छ ।

करीब ९० लाख हेक्टरमा कफी खेती गर्न सकिने भएपनि आव ०७१-०७२ मा दुई हजार ३८१ हेक्टर, ०७२-०७३ मा दुई हजार ६१८ हेक्टर, ०७३-०७४ मा दुई हजार ६४६ हेक्टर र ०७४-०७५ मा दुई हजार ६५० हेक्टरमा कफी खेती गरिएको थियो ।

नेपालमा पछिल्लो चार वर्षमा कफीको उत्पादन स्थिर देखिन्छ । आव ०७१-०७२ मा ४६३, ०७२-०७३ मा ४३४, ०७३।०७४ मा ४६६ र ०७४-०७५ मा ५१३ मेट्रिकटन कफी उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group