ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानी भित्र्याउन दिल्लीमा लगानी सम्मेलन हुँदै


admin
माघ १३, २०७५ आईतबार   १ : ५७   बजे

नयाँ दिल्ली, १३ माघ । भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि आकर्षित गर्न नयाँ दिल्लीमा लगानी सम्मेलन हुनेभएको छ ।

माघ १६ गते (३० जनवरी) इन्डिया ह्याविट्याट सेन्टर लोधी रोड दिल्लीमा हुने सम्मेलनमा नेपाल र भारतका प्रतिष्ठित उद्योगी व्यवसायीहरु सहभागी हुने आयोजक एभरेष्ट चेम्वर अफ कमर्स एण्ड इन्डष्ट्रिजले जनाएको छ ।

भारतीय उद्योगी व्यवसायी एवं भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्नका लागि वातावरण बनाउन सम्मेलन आयोजना गरिएको चेम्बरका महासचिव डा. मोहन कार्कीले बताउनुभयो ।

नेपाली दूतावास दिल्लीको सहयोगमा आयोजना हुन लागेको सम्मेलनमा नेपालबाट गैरआवासीय नेपाली संघ एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र महतो, चौधरी ग्रुपका वरुण चौधरी, गोल्छा ग्रुपका राज्यलक्ष्मी गोल्छा, पञ्चकन्या ग्रुपका बद्री श्रेष्ठ र एसबीएल ग्लोबलका मुकुन्द श्रेष्ठ लगायतको सहभागिता रहने चेम्बर अध्यक्ष युवराज बरालले बताउनुभयो ।

कार्यक्रममा पूर्वजलस्रोत मन्त्री एवं नेकपा नेता टोपबहादुर रायमाझी समेत सहभागी हुने आयोजकले जानकारी गराएको छ । यस्तै, भारतबाट उषाराज्य लक्ष्मी जयपुर, जर्ज मुठट, एफआईसीसीआई, एस्कोच्याम, सीआईआई, पीएचडी चेम्बरका प्रतिनिधिहरु समेत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group