ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूर्ति चोर पक्राउ


एबीसी न्यूज

डोल्पा, ७ माघ।  डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौँमा लुकिछिपी बस्दै आए पनि केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश विष्टले जानकारी दिनुभयो ।

विभिन्न तथ्यका आधारमा थापाको पनि संलग्नता रहेको पुष्टि भएर जिल्ला अदालत डोल्पाले २०७५ साल असार १ गते गरेको फैसलाअनुसार रु एक लाख जरिवाना तीन वर्ष कैदको सजाय सुनाइए पछि उनी फरार रहेका थिए ।

उनी दुई वर्ष अगाडि डोल्पो बुद्ध गाउँपालिका धोमा पर्ने गाकर गुम्बा र मेखिम गुम्बाबाट हराएको तीन थान मूर्ति र एक थान बुद्धधर्मालम्बीको मन्त्र भएको सयौँ वर्ष पुरानो मूर्तिमा संलग्नता भएको आरोपमा पक्राउ परेका हुन् ।

धावालाई आइतबारनै जिल्ला अदालतमा पेश गरी जेल चलान गरी अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न सोनाम ढाक्पा गुरुङ र धावा गुरुङलाई दुई वर्षअघिनै प्रहरीले पक्राउ गरेको थियो ।

मूर्ति चोरी भएको केही दिनभित्रै पक्राउ परेका सोनाम ढाक्पा र धावाले अदालतको फैसलाअनुसार कैद भुक्तान गरिसकेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

उनीहरुबाट प्रयोग भएको तीन नाल पेस्तोल, २३ राउण्डगोली, तीन थान खोका र चोरी भएको दुई थान मूर्तिसहित बरामद गरिएको थियो ।  उपल्लो डोल्पालीको आस्थाको धरोहरको रुपमा रहेका विभिन्न बौद्ध गुम्बामा चोरी गरेको आरोपमा एक महीनायता मात्रै छ व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com