ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो तामाकोशीमा लगानीकर्ताको आकर्षण


admin

काठमाडौ,६ माघ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर कारोवार भएको एक सातामै लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारलाई आधार मान्ने हो भने एउटै कम्पनीको शेयर १२ हजार ४८९ पटक कारोवार भएको छ । कारोवार भएको शेयर सङ्ख्या भने सात लाख २९ हजार २३८ रहेको छ । सो कम्पनीको आजमात्रै रु २३ करोड ४३ लाख चार हजार ५३१ मूल्य बराबरको कारोवार भएको छ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीले अनलाइन कारोवार शुरु भएपछि एउटै कम्पनीको धेरैपटक शेयर कारोवार भएको पहिलो पटक हो । स्टकमा आज १४ हजार ४०० पटक शेयर किनबेच भएको छ ।

त्यसमा तामाकोशीको मात्रै १२ हजार ४८९ पटक शेयर कारोवार भएको छ । तर माथिल्लो तामाकोशीको शेयर मूल्यमा भने आज छ दशमलव १० प्रतिशतले घटेको छ । स्टकले गत कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु गरेको हो ।

कालिका सेक्युरिटिजका प्रमुख नरेन्द्र सिजापतिले पनि एउटै कम्पनीको यति धेरैपटक शेयर कारोवार भएको पहिलो पटक भएको प्रतिक्रिया दिनुभयो ।

गत पुस २९ गतेदेखि उक्त कम्पनीको शेयर कारोवार शुरु भएको हो । कूल छ दिन कारोवार हुँदा निरन्तर पाँच दिन बजार बढेको भए पनि आज आएर घटेको हो । सो कम्पनीको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com