ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 नेपालमा पहिलो पटक कफीसम्बन्धि तालिम हुने


admin
माघ ६, २०७५ आईतबार  ५ : १९ बजे

काठमाडौं,६ माघ । नेपालमा पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन हुने भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दिपक खनालले कफीको गुणस्तर वृद्धि गर्न र अन्तराष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नेपालमा पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन गर्न लागिएको जानकारी दिनु भएको हो ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेशनल कफी एकेडेमीको आयोजनामा आगामी फागुन ७ गतदेखि १४ गतेसम्म आयोजना हुने तालिम अमेरिकाको कफी क्वालिटी इन्ष्टिच्यूट र स्पेशल कफी एशोसिएशनको सहयोगमा आयोजना गर्न लागिएको हो ।

त्यसैगरी बोर्डले कफीको गुणस्तरमा सुधार ल्याउन कफीसम्बन्धि प्रशिक्षण कार्यक्रम पनि संचालन गर्नेछ । यही माघ २९ गतेदेखि फागुन २ गतेसम्म आयोजना हुने सो प्रशिक्षणमा कफीको गुणस्तरसम्बन्धि विधि र प्रक्रियाका बारेमा विस्तृत जानकारी दिने बोर्डको योजना रहेको छ ।

नेपालको कफीको अन्तराष्ट्रिय बजारमा माग भएपनि यसको गुणस्तरमा प्रश्न उठने गरेपछि सो समस्या समाधान गर्न बोर्डले विभिन्न तालिम दिएर सो समस्या समाधान गर्ने योजना अघि सारेको हो ।

नेशनल कफी एकेडेमीले फागुनको अन्तिम सातातिर ‘कफी लगानी सम्मेलन’ पनि आयोजना गर्ने तयारी गरेको छ । एकेडेमीका अध्यक्ष डा. राजकुमार बञ्जाराले कफीमा लगानी र राजनीतिक प्रतिवद्धता दुवै जुटाउन सो सम्मेलन गर्ने तयारी भईरहेको बताउनु भयो ।

कफीमा लगानी बढाउन सो सम्मेलन सफल हुने अपेक्षा गरिएको पनि एकेडेमीले जनाएको छ । नेपालमा हाल ४० हजार किसानहरु कफी खेतीमा आवद्ध रहेको सरकारी तथ्यांक छ ।

तर यसको गुणस्तर वृद्धिका लागि आवश्यक जनशक्ति नहुँदा यसको उत्पादन र बजारीकरण दुवै चुनौतिपूर्ण अवस्थामा रहेको छ । सोही चुनौतिलाई सम्बोधन गरेर अघि बढन विभिन्न तालिम संचालन गर्ने योजना बनाइएको पनि बोर्डका प्रवक्ता खनालले स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com